जनकपुर : चाउचाउ खाँदा एक बालिकाको मृत्यू, २ जना हस्पिटल भर्ना !

बालिकाको मृत्यूपछि स्थानीयवासीहरुले मृतकलाई गाडनको लागि खाल्डो समेत खनिसकेको थियो ।

२०७६ भदौ ७ शनिबार
बिहान ११:५९ बजे
महेन्द्रनगर डेस्क, धनुषा


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा चाउचाउ खाँदा एक बालिकाको ज्यान गएको छ भने उनकी आमा र भाई विरामी परेका छन् ।

 

धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ३ तेजनगर बस्ने स्थानीय सत्रुधन साहकी अन्दाजी बर्ष ६ की छोरी काजल साहको चाउचाउ खाएर मृत्यू भएको परिवारजनलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । ज्याकपोट नामक चाउचाउ खाँदा काजलको मृत्यू भएको छ भने उनकी आमा अन्दाजी बर्ष २९ की पवित्री देवी साह र उनका भाई अन्दाजी बर्ष ४ का राकेश कुमार साह अस्पताल भर्ना गरिएको छ । 

 

शुक्रबार साँझ स्थानीय एक पसलबाट ज्याकपोट नामक चाउचाउ किनेर ल्याएको परिवारजनले जनाएको छ । यता, ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी नीरिक्षक सुमन थापाका अनुसार परिवारजनले दिएको जानकारी अनुसार उनीहरुले साँझ चाउचाउ किनेर ल्याएको तथा चाउचाउ खाएर सुत्दा काजल विहानसम्म नउठेपछि मृत्यू भएको जानकारी गराइएको थियो । काजलको शव पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल लगिएको जनाइएको छ । 

 

यद्यपी, चाउचाउ खाएकै कारण उनको मृत्यू भएको वा अन्य कारणले त्यस्तो भएको बारे पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र भन्न सकिने प्रहरीले जनाएको छ । 

बालिकाको मृत्यूपछि स्थानीयवासीहरुले मृतकलाई गाडनको लागि खाल्डो समेत खनिसकेको थियो । गाडनै लाग्दा प्रहरीले खवर पाएपछि त्यहाँबाट लास खोसेर ल्याएको जनाइएको छ । माटो पुरने तरखरमा रहेको मलामीहरुले प्रहरी आएपछि गाडने कार्य रोकेर बालिकाको शव प्रहरीलाई बुझाएको जनाइएको छ ।  त्यसपछि घटनाको बारेमा बुझँदै जाँदा एक्सन लिएर स्थानीय पसलहरुमा भएको चाउचाउको नमुना लिएर जनकपुर पठाइएको जनाइएको छ ।

 

प्रहरी नीरिक्षक थापाले भने, - "चाउचाउ ज्याकपोट नामक रहेको छ, त्यहाँ रहेको सबै पसलहरुबाट चाउचाउ लिएर जनकपुर जाँदैछौं, कुन चाउचाउले गर्दा त्यस्तो भएको हो भनेर यकिन गर्न सकिन्छ, अहिले परिवारजनले दिएको प्रारम्भिक बयानको आधारमा मात्र ज्याकपोट नामक चाउचाउ भनिएको छ, तर यथार्थ के हो हामी पछि भन्नेछौं । अहिले अनुसन्धान थालिसकेका छौं ।"

 

फुड प्वाजिंनिँग भएर काजलको मृत्यू भएको हुन सक्ने अनुमान गरिएको छ । चाउचाउमा विषाक्त तत्व भएको हुन सक्ने अथवा तिथि समाप्ती भएर पनि त्यस्तो भएको हुन सक्ने जनाउँदै प्रहरीले स्याम्पलको लागि लगिएको चाउचाउको ब्राण्ड कुनै ठहरिए कानुन बमोजिम कारवाहीको दायरामा आउनुपर्ने बताए । साह परिवार सहित सिँगो टोल नै शोकमग्न भएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७६ भदौ ७ शनिबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus