वीरगन्जबाट ४ लाख ४० हजार नक्कली रुपैयाँसहित ३ फन्दामा

थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ ।

२०७६ भदौ ६ शुक्रबार
रति ८:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगन्ज । वीरगन्जबाट प्रहरीले नक्कली भारु नोटसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्साको बहुदरमाइ नगरपालिका २ बैरिया विर्ता घर भएका ३४ वर्षीय दिलिप साह र वीरगन्ज महानगरपालिका २ छपकैयाका ४८ वर्षीय जमील अख्तर रहेका छन् ।

 

उनीहरुको साथबाट दुई हजार दरका नक्कली भारु नोट ९५ थान अर्थात्  १ लाख ९० हजार नक्कली भारु बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । वीरगन्जबाट रक्सौल पैदल जाँदै गरेका दुवैजनालाई वीरगन्ज १६ इदगाह चोकमा प्रहरीले शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट दुई हजार दरको ९५ थान नक्कली भारु नोट बरामद गरेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

 

नक्कली भारु नोटसहित पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको रौठारले बताए । प्रहरीले वीरगन्जबाटै २ लाख ५० हजार अवैध भारुसहित एकजना भारतीय नागरिकलाई पनि पक्राउ गरेको छ ।

 

प्रहरीले भारत विहारको वैशाली थाना लालगञ्ज पोष्ट खन्जाहा चौक बस्ने ३६ वर्षीय मिथिलेस कुमारलाई अवैध भारुसहित पक्राउ गरेको हो । वीरगन्जको इनर्वा्स्थित शंकराचार्य गेटहुँदै रक्सौलतर्फ पैदल जाँदै गरेका मिथिलेसको साथबाट भारतीय रुपैयाँ २ लाख ५० हजार फेला परेको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

 

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०७६ भदौ ६ शुक्रबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus

} }