श्रीकृष्णले दिएको उपदेशलाई आत्मसाथ गरौं : प्रदेश प्रमुख कायस्थ

भगवान श्री कृष्णको जस्तै असत्यलाई त्यागेर सत्यको मार्गमा हिँडे समस्त मानव जातिको कल्याण हुने समेत बताए । 

२०७६ भदौ ६ शुक्रबार
दिउसो १:४१ बजे

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले भगवान श्रीकृष्णले दिएको उपदेशलाई अनुशरण गर्दै सत्कर्ममा लाग्नुपर्ने बताएका छन् । 

 

श्री कृष्णाष्टमी पर्वको अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्र जनकपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कायस्थले भगवान समय समयमा मानवको विभिन्न रुप धारण गरी धर्तीमा प्रकट हुने गरेको र मानव जातिलाई सत्कर्ममा हिड्न प्रेरित गर्दै आईरहेको बताएका हुन् ।


 
उनले मानव जातिलाई फलको चिन्ता नगरी कर्म गर्दै गए समाज तथा राष्ट्रको कल्याण हुने धारणा समेत राखे । भगवान श्री कृष्णको जस्तै असत्यलाई त्यागेर सत्यको मार्गमा हिँडे समस्त मानव जातिको कल्याण हुने समेत बताए । 

 

जबसम्म धर्तीमा अन्याय अत्याचार र पाप भईरहन्छ तबसम्म कुनै न कुनै रुपमा भगवानको धर्तीमा आगमण भईरहने कुरा हिन्दु ग्रन्थहरुमा उल्लेख रहेको स्मरण समेत गराए ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०७६ भदौ ६ शुक्रबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus