• २०७६ भदौ ३० गते, सोमबार

स्टुडेन्ट क्वालिटी सर्कलले चतुर विद्यार्थी उत्पादन हुन्छ : डा.सोनु साह

आयोजित कार्यक्रममा Collaborative Collage, Quality Quiz, Robotic Workshop, Debate  जस्ता क्रियाकलापहरु विभिन्न चरणमा सम्पन्न गरेको थियो । 


न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को नीजी तर्फ उत्कृष्ट विद्यालय मानिएको जनकपुरधामको मोनाष्टिक स्कूलमा स्टुडेण्ट क्वालिटी सर्कलको छैठौं अधिवेशन सम्पन्न भएको छ । 


सो कार्यक्रममा सहजकर्ता विद्यालय मोनाष्टिक आवासीय माध्यमिक विद्यालयका प्रबन्धक निर्देशक डा. सोनु कुमार साहले क्वालिटी सर्कलबाट दक्ष, असल र चतुर विद्यार्थी उत्पादन गर्न टेवा पुगेको बताएका छन् । विहिबार सम्पन्न स्टुडेण्ट क्वालिटी सर्कलको छैठौं अधिबेशनको समापन कार्यक्रममा बोल्दै डा. साहले मोनाष्टिक स्कूल विगतदेखि नै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको जनाउँदै आगामी दिनमा समेत यसलाई निरन्तरता दिइने बताए । 


विभिन्न तवरले मोनाष्टिक स्कूल राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा आफ्नो नाम बनाउन सफल भएको भन्दै यस्ता कार्यक्रमको आयोजना मार्फत विद्यार्थीको अतिरिक्त क्रियाकलापप्रतिको चासो र असलतामा वृद्धि हुने विश्वास उनले व्यक्त गरे । 


सो क्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीप राज कनेलले नीजि र समुदायिक दुवै विद्यालयको मिश्रण गरी क्षेत्रिय अधिबेशन हुन आफैंमा एउटा नयाँ पहल कदमी रहेको भन्दै मोनाष्टिक स्कूल तथा प्रबन्धन निर्देशक डा. साहलाई प्रशंसा गरे । 


दुई दिने सर्कल कार्यक्रमको समापन कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले मोनाष्टिक स्कूल प्रदेश नं. २ को उत्कृष्ट शैक्षिक सँस्थान हुनुका साथै देश विदेशमा समेत बेग्लै पहिचान कायम गर्न सफल भएको बताए । 


क्वेष्ट नेपालद्धारा आयोजित क्वालिटी गुणीय चक्रको छैठौं अधिबेशन मोनाष्टिकमा विहिबार सम्पन्न भएको हो । भदौ ४ र ५ गते गरी दुई दिनसम्म चलेको अधिबेशनको क्रममा प्रदेश नं. १, २ र ३ बाट ३० वटा नीजि तथा समुदायिक विद्यालयको सहभागीता रहेको थियो । 


सो क्रममा प्रदेश नं.१ को इनरुवाबाट एक विद्यालय, प्रदेश नं. ३ हेटौडाबाट एक विद्यालय तथा प्रदेश नं. २ बाट १० वटा समुदायिक विद्यालय र १८ वटा नीजि विद्यालय गरी जम्मा ३० विद्यालयबाट करिब १ सय ६० विद्यार्थीको सहभागीता रहेको थियो । कार्यक्रममा ५० जना पर्यवेक्षक, शिक्षक शिक्षिकाको सक्रिय सहभागिता रहेको थियो । 


क्वेष्ट नेपालका अध्यक्ष राजकुमार महर्जनको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा गुणस्तरीय शिक्षा मार्फत विद्यार्थीहरुको सर्वागिंन विकास गराउने उदेश्यले विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागीता गराइएको थियो । आयोजित कार्यक्रममा Collaborative Collage, Quality Quiz, Robotic Workshop, Debate  जस्ता क्रियाकलापहरु विभिन्न चरणमा सम्पन्न गरेको थियो । 


कार्यक्रमको कोट डिबेट प्रतियोगिता तर्फ मोनाष्टिक स्कूल र नवोदय विद्यालय हेटौडाले प्रथम स्थान हाँसिल गरेको छ भने जनकपुरको अक्षर विद्या मन्दिर, किड्डी कन्भेन्ट स्कूल दोस्रो स्थान तथा गार्गी मेमोरियल स्कूल र सरस्वति मोडेल स्कूले तेस्रो स्थान हाँसिल गरेको हो ।  कोलाबोरेटिभ कोलाज तर्फ पनि मोनाष्टिक स्कूलले प्रथम स्थान हाँसिल गरेका छन्  । यस्तै त्रिदेव स्कूल र गँगोत्री स्कूल भने दोस्रो स्थान हाँसिल गरेको आयोजक समितिले जनाएको छ । यस्तै, क्वालिटी क्वीज तर्फ गौरी शंकर र दर्सनीया स्कूल महेन्द्रनगरले प्रथम स्थान हाँसिल गरेको छ भने अक्षर विद्या मन्दिर र सरस्वति मोडेल स्कूल दोस्रो तथा गौरी स्कुल र दर्सनीया स्कूलकै तेस्रो स्थान हाँसिल गरेको जनाइएको छ । 


कार्यक्रमको उदघाटन सत्रमा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख बरखु प्रसाद रजक, जनकपुरधाम उपमहानगरपालिका शिक्षा शाखा प्रमुख मेहिलाल यादव, विद्यालय सँस्थापिका श्रीमति विणा देवी साह, मेनेजिँग डायरेक्टर सोनु कुमार साह, डा. शिखा नायक, डा. तेजिस्वनी साह, शिक्षा प्रेमी, पत्रकार, अधिकारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 
 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...