प्रदेश २ लोकसेवा आयोगको अध्यक्षमा यादव, कर्मचारी भर्ना चाँडै !

आयोगले प्रदेश २ का लागि आउँदो असोजसम्म करिब २ हजारसम्मको दरबन्दीका लागि विज्ञापन गर्ने बुझिएको छ ।

२०७६ भदौ ५ बिहीबार
बेलुकी ६:०३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेश लोकसेवा आयोग अध्यक्ष नियुक्त गरेका छन् । प्रदेश नं. २ को लोकसेवा आयोगको अध्यक्षमा सुरेन्द्र प्रसाद यादव नियुक्त भएका हुन् । 

 

मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको सिफारिस समितिले आज (विहीबार) प्रध्यापकसमेत रहेका यादवलाई अध्यक्षमा सिफारिस गरेको हो । समितिमा प्रदेशका सभामुख सहित प्रमुख प्रतिपक्षी दलका सांसदसमेत छन् ।

 

सिरहा निवासी यादव सिरहा क्याम्पसका सह–प्रध्यापक हुन् । अंग्रेजी विषयका प्रोफेसर रहेका यादवलाई अध्यक्षमा चयन गर्ने सिफारिस गरिएको प्रदेश नं. २ सरकारका मुख्य न्यायधिवक्ता दीपेन्द्र झाले जानकारी दिए । 

 

देश लोकसेवा आयोगको अध्यक्ष नियुक्तिसँगै आयोगले अब आफ्ना काम कारवाही अगाडि बढाउनेछ । आयोगले प्रदेश २ का लागि आउँदो असोजसम्म करिब २ हजारसम्मको दरबन्दीका लागि विज्ञापन गर्ने बुझिएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७६ भदौ ५ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus