• २०७६ भदौ ३० गते, सोमबार

सहिद रामवृक्ष यादवको सम्मानमा 'रामवृक्ष राजमार्ग' चाँडै : प्रचण्ड

बाढीको समस्याबाट जोगिन दिर्घकालिन र रणनीतिक योजना बनाएर समस्या समाधान गर्नुपर्ने धारणा राखे ।

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धकालिन सहिद रामवृक्ष यादवको सम्मानमा धनुषामा राजमार्ग निर्माण गरिने बताएका छन् ।

 

धनुषाको बरमझियामा आज (सोमबार) निरंकुश पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा सहादत प्राप्त गरेका सहिद रामवृक्ष यादवको २५ औं स्मृतिसभालाई सम्बोधन गर्दै नेता दाहालले सहिद यादवको नामको पूर्वपश्चिम राजमार्गमा पर्ने बिरेन्द्रबजारदेखि यदुकुहासम्म राजमार्ग बनाइने बताएका हुन् ।

 

तत्कालिन माओवादीको जनयुद्धकालिन आन्दोलनमा यादवले पुर्याएको योगदानलाई स्मरण गर्दै उनले सहिद यादवको सम्मानमा उक्त सडकखण्डलाई रामवृक्ष राजमार्ग नामाकरण गरी स्तरोन्नतिका लागि पहल भइरहेको धनुषाबासीलाई संदेश दिए । अध्यक्ष प्रचण्डले चाँडै नै राजमार्ग स्तोरन्नतिको कार्य प्रारम्भ गरिने आश्वासन दिए ।

 

सहिद यादवलाई श्रद्धाञ्जली अर्पन गर्न प्रदेश २ को धनुषा आएका प्रचण्डले प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त भएको टिप्पणीसमेत गरेका छन् । उनले अर्को प्रसंगमा प्रत्येक वर्ष तराईमा आएको बाढीबाट जोगिन दिर्घकालिन र रणनीतिक योजना बनाएर समस्या समाधान गर्नुपर्ने धारणा राखे ।

 

अध्यक्ष प्रचण्डले जनयुद्ध लगायतका आन्दोलनमा धनुषाका जनताले गरेको संघर्ष र पुर्याएको योगदानलाई सम्झे । हरेक वर्षझैँ आयोजित स्मृतिसभामा प्रचण्डसहित पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, पूर्व अर्थमन्त्री विष्णु पौडेल, प्रदेश २ का नेकपा अध्यक्ष प्रभु साह लगायतका शीर्ष नेताहरु सरिक थिए ।
 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...