• २०७६ भदौ ३० गते, सोमबार

दलित समुदाय आधुनिक सोचका साथ अघि बढ्नुपर्दछ : मुख्यमन्त्री राउत

शिक्षामा पछि परेकै कारण दलित समुदायले आफ्नो अधिकार उपयोग गर्न नसकेको जिकिर गरे ।

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दलितहरुलाई अधिकार प्राप्तिको लागि पुरानो सोच त्याग्नुपर्ने बताएका छन् ।

 

दलित महिला संघद्वारा आज (सोमबार) जनकपुरमा आयोजित स्थानीय तहका दलित महिला जनप्रतिनिधिहरुको भूमिका र जिम्मेवारी विषय प्रदेश स्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले दलित समुदायलाई आधुनिक सोचका साथ अघि बढनु पर्ने आवश्यकता औल्याएका हुन् ।


 
शिक्षामा पछि परेकै कारण दलित समुदायले आफ्नो अधिकार उपयोग गर्न नसकेको जिकिर गर्र्दै उनले शिक्षाप्रति जागरुक बनाउन दलित जनप्रतिनिधीहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

 

उत्पिडित समुदायको हक अधिकारको सुनिश्चितता तथा समतामुलक सहभागिताको लागि प्रदेश सरकार एक पछि अर्को कार्यक्रम ल्याइरहेको बताउँदै मुख्यमन्त्री राउतले प्रदेश सभामा छलफलमा रहेको दलित सशक्तिकरण ऐन सबै समस्याहरुको एकमुष्ट समाधान दिने विश्वास व्यक्त गरे ।  


उद्घाटन सत्रमा विशिष्ट अतिथि प्रदेश सरकारका अर्थमन्त्री एवं समाजवादी पार्टी मधेश प्रदेश समितिका अध्यक्ष बिजय कुमार यादवले परिवर्तनको आन्दोलनमा मुख्य भूमिका निर्वाह गरेका दलित समुदायलाई आफ्नो अधिकार खोज्ने अवस्था अझै रहनु मुलुकको लागि दुर्भाग्यपूर्ण रहेको बताए ।
 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...