• २०७६ भदौ ३० गते, सोमबार

धनुषामा प्रचण्ड, शहिद यादव उपर दिए श्रद्धाञ्जली 

पञ्चायती व्यवस्था विरुद्धको लडाईमा लागेका बेला २०५१ साल भदौ २ गते सहिद यादवको हत्या भएको थियो । 


न्यूज ब्यूरो, जनकपुरधाम । नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज धनुषा आएका छन् ।

 

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको बरमझिया तथा जनयुद्धका सहिद रामवृक्ष यादवको स्मृतिसभामा प्रत्येक वर्ष झैं यस वर्ष पनि सहभागी हुन धनुषा आएका हुन् । जनयुद्धमा आफ्नो ज्यानको आहुती दिएका यादव तत्कालिन माओवादीका दिग्गज नेताको रुपमा स्थापित भएका थिए । उनकै स्मृति सभामा सहभागी हुन प्रचण्ड सहित कैयौं शिर्ष नेताहरु श्रद्धाञ्जली सभामा सहभागीता जनाएका छन् ।


पञ्चायती व्यवस्था विरुद्धको लडाईमा लागेका बेला २०५१ साल भदौ २ गते सहिद यादवको हत्या भएको थियो । 


सोमबार नेकपा धनुषाले आयोजना गरेको तत्कालिन नेकपा माओवादीका जनयुद्धकालिन सहिद रामवृक्ष यादवको २५ औं स्मृतिसभालाई प्रचण्ड सहितका अन्य शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अहिले केही बेर अगाडी मात्र स्मृति स्थल बरमझिया पुगेका प्रचण्ड सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शहिद यादवको नाममा एक मिनेट मौन धारण नेताहरुले गरेका थिए ।


नेकपाका एवम् धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनीधि सभा सदस्य एवम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृक प्रसाद यादव,  माधवकुमार नेपाल,  पूर्व अर्थ मन्त्री विष्णु पौडेल, नेता प्रभु साह लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 


 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...