• २०७६ भदौ ३० गते, सोमबार

काठमान्डौंमा आज मधेशी युवाहरुले लाठी उठाउने 

आरक्षण बचाउको लागि आन्दोलन हुँदै आएपनि सरकार गम्भीर देखिएको छैन ।

साँकेतिक तस्विर मात्र


न्यूज ब्यूरो, काठमान्डौं । लोक सेवा विज्ञापनको विरोध गर्दै आएको मधेशी समुदायका युवाहरुले आज (शनिबार) काठमान्डौंमा लाठी जुलुस प्रदर्शन गर्ने भएको छ । 


कामान्डौंको भृकुटी मण्डमा दिउँसो ४ बजे आरक्षण बचाउ अन्तर्गतको चौथो तथा अन्तिम चरणको आन्दोलन अनुरुप आज लाठी जुलुस प्रदर्शन गर्ने भएको छ । विभिन्न चरणका आन्दोलन चर्काउँदै आएका मधेशी, आदीवासी, जनजाती समुदायका प्रतिनीधिहरुले आज लाठी उठाउने भएको छ । 


लोक सेवा आयोग विरुद्ध प्रकाशित गरेको विज्ञापन संविधान विपरित रहेको तथा पिछडीएका वर्गहरुलाई उपेक्षा गरेको भन्दै निरन्तर रुपमा विभिन्न संघ सँस्थाहरुले निरन्तर आन्दोलन गर्दै आएको छ । माईतीघर मण्डलाबाट समेत केही दिन अघि गरिएको आन्दोलनमा दर्जनौं प्रदर्शनकारी पक्राउ गरिएको थियो ।  


संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्न विज्ञापन निकालेको थियो । हाल उक्त विज्ञापन अनुसार नै जबर्जस्ती परीक्षा भइरहेको छ ।

 

संविधानमा नै सुरक्षित गरिएको आरक्षण समाप्त पार्ने चालविरुद्ध निरन्तर आरक्षण बचाउको लागि आन्दोलन हुँदै आएपनि सरकार गम्भीर देखिएको छैन । लाठी जुलुसको लागि सम्पूर्ण तयारी पूरा भएको मधेश ईन्जिनीयर्स एशोसिएन एवम् आजको आन्दोलनका नेतृत्वकर्ता ईन्जिनीयर बालबोध यादवले जानकारी दिए । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...