• २०७६ भदौ ३० गते, सोमबार

जनकपुरको जानकी मन्दिर सौन्दर्यीकरणको लागि - 'मास्टर प्लान'


न्यूज ब्यूरो, जनकपुरधाम ।  विश्व प्रसिद्ध जानकी मन्दिरको सौन्दर्यीकरणको लागि मास्टर प्लानको आवश्यकता औल्याइएको छ । 


शनिबार प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउतले प्रदेश सरकारद्वारा जानकी मन्दिरमा जारी सौन्दर्यीकरण कार्यको स्थलगत अनुमन गर्दै थप सौन्दर्यीकरणको लागि मास्टरप्लानको आवश्कता औल्याएं । शनिबार विहानै मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहित जानकी मन्दिर परिसर पुगेका मुख्यमन्त्री राउतले जारी सौन्दर्यीकरणको कार्य वारे जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव र छोटे महन्थ राम रोशन दास संग छलफल गरेका हुन् ।

 

छलफलको क्रममा महन्थ दासले प्रदेश सरकारद्वारा आठ करोडको लगानीमा जारी सौन्दर्यीकरणको कार्य उत्साह जनक रहेको बताएका छन् । सोही क्रममा मुख्यमन्त्री राउतले जानकी मन्दिरको थप सौन्दर्यीकरणको लागि विवाह मण्डपलाई रामायणकालिन प्राचिन शैलीमा पुनःनिर्माण तथा जानकी मन्दिर विवाहमण्डप, अरगज्जा सर , तेलहा मरहा सहितको गुरु योजना निर्माण गरि एकद्वार प्रणाली मार्फत सौन्दर्यीकरणको कार्यलाई अघि बढाउने बताएका छन् । 

 

यस आर्थिक वर्षमा पनि १० देखी १५ करोड सम्म जानकी मन्दिरको सौन्दर्यीकरणमा प्रदेश सरकार लगानी गर्ने योजना बनाएको बताए। गुरु योजना निर्माणको लागि आर्टिटेक्ट इन्जिनियर, जानकी मन्दिरको प्रतिनिधि र पुरातत्व विभागको प्रतिनिधि सहितको टोली निर्माण गरिने मुख्यमन्त्री राउतले बताए । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...