पूर्वपश्चिम राजमार्गमा सवारी 'रिफ्रेसमेन्ट सेन्टर' स्थापना 

उक्त सेन्टरमा केही बेर सवारी रोकेर इन्ट्री गराएपछि मात्र जानुपर्ने हुन्छ । 

२०७६ श्रावण ३१ शुक्रबार
बिहान ११:१४ बजे
महेन्द्रनगर डेस्क, धनुषा


न्यूज ब्यूरो, जनकपुरधाम । पूर्व पश्चिम राजमार्ग अन्तर्गत प्रदेशस्तरीय सवारी रिफ्रेसमेन्ट सेन्टरको स्थापना गरिएको छ । 

 

विहिबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका वडा नं. १० लालगढमा प्रदेशस्तरीय सवारी रिफ्रेसमेन्ट सेन्टरको उदघाटन गरिएको हो । नगरपालिकाका मेयर हरिनारायण महतोको अध्यक्षता एवम् प्रदेश नं. २ का प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानीरिक्षक प्रदुम्न कुमार कार्कीको प्रमुख आतिथ्यमा एक समारोहबीच रिफ्रेसमेन्ट सेन्टरको उदघाटन गरिएको हो । 

 

रिफ्रेसमेन्ट सेन्टरको परिसरमा वृक्षारोपण गरी कार्यालय उदघाटन गरिएको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत चल्ने सार्वजनिक सवारी साधनहरुलाई केन्द्रीत गरी रिफ्रेसमेन्ट सेन्टरको स्थापना गरिएको हो । दिभरी सवारी चलाएर थाकेका चालक एवम् गाडीमा बसेर थकान महसुस गरेको यात्रुहरुको लागि समेत रिफ्रेसमेन्ट सेन्टर प्रभावकारी हुने विश्वास लिएको छ । उक्त सेन्टरमा केही बेर सवारी रोकेर इन्ट्री गराएपछि मात्र जानुपर्ने हुन्छ । 


सेन्टर उदघाटन समारोहको क्रममा  रिफ्रेस सेन्टर निर्माण एवं संचालनमा विशिष्ट योगदान पुर्यााउने  मिथिला नगरपालिकाका प्रमुख हरि नारायण महत्तो, प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्की, निर्माण व्यवसायी रतन ठाकुर, रिफ्रेस निर्माण समितिका अध्यक्ष विजय कुमार साह तथा अस्थायी ट्राफिक प्रहरी पोष्ट लालगढका प्रहरी साहायक नीरिक्ष्ँक केदार पौडेलाई सम्मान तथा कदरपत्र समेत प्रदान गरिएको हो । 


प्रदेश प्रहरी प्रमुख कार्कीबाट सहयोगीहरुलाई कदरपत्र तथा सम्मान दिइएको हो । उक्त कार्यक्रममा मिथिला नगरपालिकाका उप(मेयर रिता कुमारी बस्नेत लामा , प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योग बहादुर पाल , जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख शेखर खनाल , प्रदेश नं २ सशस्त्र प्रहरी गण जनकपुर धनुषाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक  उमाशंकर पंजियार , प्रदेश नं २ दंगा नियन्त्रण प्रहरी गण ढल्केवरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोविद साह , ईलाका प्रहरी कर्यालय बर्दिवास महोतरीका प्रमुख डिएसपी निशान थापा  माँ जानकी यातातात प्रा.लि. जनकपुरका अध्यक्ष  मनोज चौधरी लगायत स्थानिय समाजसेवी , पत्रकार , बुद्धीजिवीहरुको सहभागिता रहेको थियो । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'सोच परिवर्तन भए मात्र देशको विकास सम्भव छ'

  • २०७६ श्रावण ३१ शुक्रबार
  • ईन्द्रजीत गोईत

हाम्रो देशको अवस्था दिनप्रतीदिन नाजुक हुँदै गइरहेको छ । हाम्रो पहिचान समाप्त हुँदै गइरहेको छ । हाम्रो देशको विकास तब मात्र सम्भव छ जब यो देशको हरेक नागरिक आफ्नो जिम्मेवारी

पूरा पढ्नुहोस्

Bureau Menus

} }