• २०७६ भदौ ३० गते, सोमबार

कत्तारमा नेपाली उपर आक्रमण हुँदा एक नेपालीको मृत्यू, एक आईसीयूमा !

नेपाली दुतावाले अनावश्यक भिडभाड हुने ठाउँमा नजान कतारमा रहेका नेपाली नागरिकलाई आग्रह

साँकेतिक तस्विर मात्र


न्यूज ब्यूरो, कत्तार । गत मँगलबार खाडी मूलुक दोहा कत्तारमा एक नेपाली उपर साँघातिक आक्रमण भएको छ । 


कतारको राजधानी दोहामा रहेको जैदा पार्कमा बँगालीहरुले नेपाली कामदार उपर सांघातिक आक्रमण गर्दा एक जनाको ज्यान गएको छ भने एक जना जीवन मृत्यूसँग लडदैछन् । कत्तार स्थित रहेको नेपाली दुतावासले जारी गरेको प्रेस विज्ञप्तिमा आक्रमणमा परि ५ जना नेपाली नागरिक घाइते भएको छ जसमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको छ। 


दुतावासका अनुसार सो आक्रमणमा परि नेपालको सुनसरी जिल्ला निवासी तबरेज अन्सारीको ज्यान गएको छ । सोही आक्रमणमा परी गम्भिर घाईते भएका सुनसरीकै उमर अन्सारीलाई हमाद अस्पतालको आईसीयूमा भर्ती गरी उपचार भईरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस घटना बारे कत्ताकार प्रहरीले चासोका साथ लिँदै घटना उपर छानबिन सुरु गरेको जनाइएको छ । मृतक अन्सारीको शव भने त्यही अस्पतालको शवगृहमा राखिएको जनाइएको छ । 

 


अन्सारीको शव घटनाको आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि शव गृहमा राखेको जनाउँदै कतार प्रहरीले छानबिनलाई तिव्रता दिएको दुतावासले जनाएको छ । सोही घटनामा परी घाईते घाईते भएका इब्राहिम अन्सारी र नौसाद अन्सारी खतरामुक्त अवस्थामा रहेको तथा उनीहरुको उपचार जारी रहेको बताइएको छ । त्यस्तै घटनामा घाइते भई प्रहरीको नियन्त्रणमा रहेका अकबर मिया र महसुद अन्सारी नेपाली राजदूतावासको टोलीको पहलमा रिहा भएको छ ।

 

आक्रमणकारीहरुले नेपाली कामदारमाथि किन आक्रमण गरेको बारे कुनै कारण विज्ञप्तिमा नखुलाएपनि उनीहरु उपर बँगालीहरुले आक्रमण गरेको त्यहाँस्थित कार्यरत नेपाली कामदार एवम् प्रत्यक्षदर्शीहरुले बताएका छन् । कत्तारमा बकर इदको मौकामा ३ दिने सार्वजनिक विदा दिइएको थियो । आईतबार, सोमबार र मँगलबार गरी तिनदिने विदा दिइएको थियो । यो घटना भने बकर इदपछि मँगलबार भएको जनाइएको छ । 

 

यता, नेपाली दुतावाले अनावश्यक भिडभाड हुने ठाउँमा नजान कतारमा रहेका नेपाली नागरिकलाई आग्रह गर्दै जानैपर्ने बाध्यता भएको खण्डमा आवश्यक सतर्कता अपनाएर मात्र जान आग्रह समेत विज्ञप्ति मार्फत गरेका छन् । अन्सारीको शव उपर आवश्यक कानुनी प्रक्रिया पुरा गरी नेपाल पठाइने जनाइएको छ । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...