• २०७६ मङ्सिर ७ गते, शनिबार



खुल्ला दिशामुक्तको नाममा 'अश्लिल ओरकेष्ट्रा'

त्यस्तो अबस्थामा पालिकालाई खुलादिशामुत पालिकाको रुपमा घोषणा गर्नु हास्ँयास्पद रहेको स्थानियहरुको भनाई छ  ।


न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको एक गाउँपालिकाको खुल्ला दिशामुक्त अभियानमा मैथिली साँस्कृति कार्यक्रमको नाममा  ओरकेष्ट्रा नचाएर सम्पन्न गरेको छ । 

 

महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाले आयोजना गरेको खुल्लादिशामुक्त घोषणा समारोहको क्रममा मैथिली साँस्कृतिक कार्यक्रमको नाउँमा ओपन नृत्य र गीतसँगीत प्रदर्शन गरेका हुन् । मिथिलाको साँस्कृतिक नाम दिएपनि त्यो कार्यक्रमको क्रममा नृत्यकर्ताहरुले मैथिली भाषाको अश्लिल प्रकारको गीतमा नृत्य गरेपछि चर्को आलोचना भएको हो । 


पर्ब अथबा त्यवहारमा लगाईने मेलामा आर्केष्ट्रा तथा नाम चलेको कलाकार प्रदर्शनमा आउँदा मानिशको भिड बढाउन आयोजक तथा उदघोषकले बेलाबेलामा आउने कलाकारको नाम लिई माईकिङ गरिने चलन छ  । त्यस्तै नक्कल जिल्लाको एकडारा गाउँपालिकामा आयोजना गरिएको खुल्ला दिशामुतm कार्यक्रममा भिड जमाउन उदघोषकले नामचलेको कलाकार रीना यादब अर्थात रमौलबालीको नाम बारम्बार माईकिङ गरी कार्यक्रमलाई आर्केष्ट्रा सरह बनाएका छन् ।

 

जिल्लाको एकडारा गाउँपालिकालाई एक समारोहका बिच नबौ खुल्ला दिशामुतm पालिकाको रुपमा घोषणा गरिएको छ । गाउँपालिकाको ५ नं.वडा स्थित बहेडा बजारमा आयोजना गरिएको कार्यक्रममा उदघोषकले गरेको माईकिङ अनुसार प्राय  यूवा तथा बालबालिका बर्गका महिला तथा पुरुषको जमात भएको देखियो । हुन त गाउँघरमा नाच तमासाको नाममा मानिसको लर्को लागि नै हाल्छ । तर रीना यादब अर्थात रमौलबाली आईरहेको सुन्ने बितिकै भिड हुनु स्वभाबिक हो । किनकि रमौैलबाली लाई एक प्रसिद्ध मैथिली कलाकारको रुपमा चिनिन्छ । यतिकै मात्र होईन अश्लिल नृत्य प्रदर्शन गरिदा बिचबिचमा होहल्ला पनि भएकै थियो ।


एकडारा गाउँपालिका भित्र ६ वटा वडा रहेको छ । त्यसमध्ये कार्यक्रम आयोजना गरिएको स्थान वडा नं ५ स्थित बहेडा बजारलाई ब्यपारिक दृष्टिकोणले सबल र सुलभ मानिन्छ । वडा नं. ५ अर्थात बहेडा गाउँ गाउँपालिका अध्यक्ष रामछबिला साहको गृहगाउँ हो । उतm बजार सातामा दुई चोटी लागने गरेका छन् भने दिनँहु पसलहरु चलेकै रहन्छ । तर त्याहाँ चर्पीको त कुरै छोडौँ बल्की बिहान बेलुका सम्बन्धित बाटोमै दिशा पिशाब खुलेआम रुपमा गर्नेहरुको लर्को लागेको हुन्छ । त्यस्तो अबस्थामा पालिकालाई खुलादिशामुत पालिकाको रुपमा घोषणा गर्नु हास्ँयास्पद रहेको स्थानियहरुको भनाई छ  ।


जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता सम्नबय समितीको नेतृत्व ,गाउँपालिकाको सहकार्य तथा बिभिन्न गैरसरकारी संस्थाहरुको सम्नवय र सहयोगमा पालिकालाई खुल्ला दिशामुतm घोषणा गरिएको हो । घोषणा कार्यक्रममा जिल्ला सम्नवय समितीका प्रमुख सुरेश प्रसाद सिँह,मनरासिस्वा नगरपालिका प्रमुख संजय सिँह,एकडारा गा.पा प्रमुख रामछबिला साह,उपप्रमुख महाजबी खातुन,रतौली यूवा क्लबका कार्यकारी निर्देशक बैजनाथ चौधरी ,गैरसरकारी संस्था प्रतिनिधि नागरिक समाज लगायतका उपस्थिती रहेको थियो ।


कार्यक्रम आयोजना गरि पालिकालाई खुल्ला दिशामुतm घोषणा गर्ने नाममा मंचमा बिराजमान भई उदघोषकको अनुसार  स–सना बालबालिकालाई प्रेरित गराई अशलील नृत्यको आन्नद लिन लगाउनु कदापी समाजिक कार्य नभएको अगुवाहरुले प्रतिक्रिया दिएका छन् । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...