• २०७६ भदौ ८ गते, आइतबार
०४:४७ pm

भोली विहिबार पनि प्रदेश २ मा सार्वजनिक छुट्टी !

यसका साथै, प्रदेश सरकारले दिएको एक दिने सार्वजनिक विदामा रक्षाबन्धन हर्षोल्लासका साथ मनाउन आग्रह समेत गरिएको हो । 


न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का सरकारले विहिबार सार्वजनिक विदा (छुट्टी) दिने घोषणा गरेका हुन् ।

 

भाईबहिनीको उल्लास र सदभावको पर्व रक्षा बन्धनको अवसर पारेर प्रदेश नं. २ का सरकारले एक दिने सार्वजनिक विदा दिने घोषणा गरेका हुन । प्रदेश सरकारले विहिबार रक्षा बन्धन परेकोले तराई मधेशको अति सदभाव र सम्बन्धको प्रतीकको रुपमा मनाइने रक्षा बन्धन (राखी पर्व) मा सार्वजनिक विदा दिने घोषणा गरेका हुन् ।

 

प्रदेश प्रमुख रत्नेश्वरलाल कायश्यले एक प्रेस विज्ञप्ति जारी गर्दै विहिबार साउन ३० गतेका दिन भाईबहिनीबीचको सम्बन्ध प्रगाढ प्रतिकको रुपमा मनाइने राखी पर्वको अवसरमा सार्वजनिक विदाको घोषणा गर्दै प्रदेशवासीको नाममा शुभकामना समेत व्यक्त गरेका छन् । यसका साथै मुख्यमन्त्री मो. लालबाबू राउतले समेत रक्षाबन्धनको उपलक्ष्यमा शुभकामना व्यक्ति गरेका छन् ।

 

मुख्यमन्त्रीको नीजि सचिवालयले जारी गरेको शुभकामना सन्देशमा दाजु भाईको सु स्वास्थ्य र दीर्घायूको कामना गर्दै मनाइने चाड रक्षा बन्धन तथा जनैपूर्णिमाको अवसरमा प्रदेश, देश विदेश रहनुभएका तथा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीमा सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु । दाजुभाई दिदी बहिनीको बीचको सम्बन्ध अझ प्रगाढ होस भन्ने कामना समेत गरिएको छ । 

 

यसका साथै, प्रदेश सरकारले दिएको एक दिने सार्वजनिक विदामा रक्षाबन्धन हर्षोल्लासका साथ मनाउन आग्रह समेत गरिएको हो । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस