• २०७६ मङ्सिर ७ गते, शनिबार



बाढीले तराई मधेशका किसानमा त्राहिमाम : नेता अरगरिया

यो जाति विशेषको लागि हुन्छ भने लोकसेवा आयोगको नाम रुपान्तरण गर्दा हुन्छ ।


न्यूज ब्यूरो । संघीय साँसद एवम् धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य उमा शंकर अरगरियाले तराई मधेशको किसानमा त्राहिमाम भएको दुःखेसो पोखेका छन् ।

 

मँगलबार संघीय संसदमा बोल्दै नेता अगरियाले गत अन्तिम असारमा तराई मधेशमा गएको भिषण बाढीका कारण किसानहरुको बिउ बिजन नाश भएको कारण अधिकांश किसानले अहिलेसम्म खेतलाई बाँझो राख्न बाध्य भएको बताए । तराई मधेशको बाढीले मच्चाएको वितण्डाका कारण किसानहरुको बालीनालीमा क्षति पुगेर उनीहरुको पनि उठीवास भएको अवस्थालाई संसद मार्फत जानकारी गराए । 


उनले भने, - "तराई मधेशमा गएको भिषण बाढीका कारण धेरै बाढीपीडितहरुलाई उठीवास भएको छ । उनीहरुलाई राम्ररी खान पाएको छैनन अझ, घरको अन्न राख्ने समाग्रीहरु समेत नष्ट भएको हो वा बाढीले बगाएर लगेको हो, तर पनि केन्द्र सरकारले एक पाईला चालेको छैन । यस्तो विपदामा पनि सरकारले ध्यान नदिए प्रश्न कोमाथि गर्ने त ? तराईको किसानहरुको बीउविजन र बालीनाली समेत नष्ट गरी त्राहिमाम भएको छ । यतिदिनदेखि सरकारबाट राहतको पहलको लागि आवाज उठाएपनि अहिलेसम्म कुनै चासो नदेखाउनुलाई के भन्नु ?" 


नेपालको संविधान २०७२ मा पनि सुरक्षित आवासको जीकिर गरिएको उल्लेख गर्दै सांसद अरगरियाले बाढी पीडितहरुको आवासको लागि यथाशिघ्र समाधानतर्फ जानुपर्ने बताए । उनले बाढी पीडितहरुको लागि सरकारको तर्फबाट उचीत राहत र बाढी नियन्त्रणको दीर्घकालिन समाधान गर्नको लागि कमिटि गठनको आवश्कता औल्याए । 

 

त्यसैक्रममा नेता अरगरियाले  लोकसेवा आयोगको विज्ञापन आदिवासि जनजाति लगायतमा विज्ञापनमा विभेद भएको भन्दै यो कदापी लोकहितमा नभएको जीकिर गरे । उनले भने, -  "विभेद किन ? यो लोकसेवा लोकहितमा हुन्छ एउटा जाति लागि हुदैन । त्यसो भए  प्रहरीको दमन किन ? यो जाति विशेषको लागि हुन्छ भने लोकसेवा आयोगको नाम रुपान्तरण गर्दा हुन्छ ।" 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...