• २०७६ भदौ ८ गते, आइतबार
०४:४७ pm

आनुवंशिक स्रोतमा पहुँच र आगामी रणनीतिबारे सरोकारबालाको बहस 

कार्यक्रममा डा शुशिला नेपालि , डा शलु अधिकारी द्धारा सहभागि लाई प्रक्षिण दिएका छन ।


न्यूज ब्यूरो, महेन्द्रनगर । आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाडँसम्बधी रणनीति तथा कार्ययोजना तर्जुमासम्बन्धी स्थानीय तहको कार्यशाला १ दिने गोष्ठी सम्पन्न भएको छ । 

 

धनुषाको धनुषाधाम नगरपालिका स्थित रहेको संरक्षित वनमा संघिय वन तथा वातावरण मंत्रालय ,प्रदेश –२ को प्राबिधिक तथा आर्थिक सहयोगमा एक दिने गोष्ठि सम्पन्न भएको हो ।  विशिष्ट अतिथि धनुषाधाम संरक्षित वन अधिकृत शंकर नारायाण झा तथा मिथलिा वल्र्ड लाईफ टृष्टका अध्यक्ष देवनारायाण मण्डलको विशेष उपस्थितिमा प्रदेश – २ वन मंत्रालय उप सचिव नन्दु राय यादवको प्रमुख आतिथ्यमा आनुवंशित श्रोतमा पुहँच र लाभको बाँडफाँडबारे चर्चा परिचर्चा गरिएको हो । 


जैविक विविधता महासन्धिको पक्ष राष्टृ नेपाल भएपछि यसको ३ उद्देश्यहरु जैविक विविधता संरक्षण , सदुपयोग र स्रोतमा पहुँच लाभको बाँडफाँड परिपुर्ति गर्न नेपाल सरकार प्रतिवद्दता जनाएको छ । यसको तेश्रो उद्देश्य आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड सम्बन्धि रणनिति तथा कार्य योजना बन्न गईरहेको छ । त्यहि रणनिति र कार्ययोजना को प्रकिृयाअन्र्तगत यस कार्यक्रम आयोजना गरेको छ ।
    

कार्यक्रममा डा शुशिला नेपालि , डा शलु अधिकारी द्धारा सहभागि लाई प्रक्षिण दिएका छन । विभिन्न नगरपालिका का प्रतिनिधि लगायत स्थानीय युवा कल्व नागरिक अगुवाहरुको उपस्थीति रहेका थिए ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस