धनुषामा निःशुल्क आँखा शिविर सम्पन्न, १ सय ८६ जना लाभान्वित

२०७६ श्रावण २८ मंगलबार
बेलुकी ७:१३ बजे
न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, धनुषा । धनुषाको मिथिला नगरपालिकामा मंगलबार सम्पन्न निःशुल्क आँखा शिविरबाट भण्डै पौने २ सय जना लाभान्वित भएका छन् ।

 

नेपाल रेडक्रस सोसाईटी, जानकी आँखा अस्पताल जनकपुरको आयोजना तथा तीलगंगा आँखा प्रतिष्ठान काठमाडौं र फ्रेडहोलोज फाउण्डेसनको सहयोग एवं स्थानीय लक्ष्मी ज्योति यूवा क्लब हरिहरपुर लालभिट्टीको सहकार्यमा मिथिला नगरपालिका–३ लालभिट्टीमा सम्पन्न शिविरबाट महिला र पुरुष गरी १ सय १८६ जनाले लाभ लिएका हुन् ।

 

लालभिट्टीस्थित हरिहरनाथ महादेव बाबा मन्दिरको प्रांगनमा आयोजित शिविरमा १ सय ८६ जनाले आँखाको परीक्षण गराएकामा ४० जनामा मोतियाबिन्दुको समस्या पाइएको छ ।

 

शिविरबाट पहिचान भएका मोतियाबिन्दुका बिरामीलाई भोली (बुधबार) जानकी आँखा अस्पताल जनकपुरमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । शिविरमा निःशुल्क आँखा परीक्षणका साथै परामर्श समेत दिइएको थियो ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा मेयर कप टी–२० क्रिकेट हुँदै, जित्नेलाई अढाई लाख रुपैयाँ पुरस्कार

  • २०७६ श्रावण २८ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनकपुरमा भोली शनिबारदेखि मेयर कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।  जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा शनिबारदेखि सुरु हुने क्रिकेट प्रतियोगितामा मधेश प्रदेशको ८ वटै जिल्लाका खेलाडीहरुले भाग

पूरा पढ्नुहोस्

Bureau Menus

} }