• २०७६ मङ्सिर ७ गते, शनिबार



अब धनुषाको महेन्द्रनगरमै सुविधा सम्पन्न सर्पदंश उपचार केन्द्र 

सर्पको बिगबिगी बढ्ने गरेका कारण उपचार केन्द्र निर्माणको आवश्यकता रहेको प्रमुख पजियारको भनाई छ ।


न्यूज ब्यूरो,  महेन्द्रनगर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा सुविधा सम्पन्न सर्पदंश उपचार केन्द्रको शिलान्यास गरिएको छ । 


सोमबार बिहान एक समारोह बीच महेन्द्रनगर स्थित श्री श्रीनाथ गण(आर्मी ब्यारेक भित्र सो सर्पदंश उपचार केन्द्रको शिलान्यास नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारद्धारा गरिएको छ । 
युएनडिपि र नगरपालिकाको सहयोगमा क्षीरेश्वरनाथ नगरपालिका लगायत धनुषाका जनताहरुलाई सर्पदंशको उपचार सेवा दिने उद्देश्यले नेपाली सेनाको ब्यारेक भित्र सुविधा सम्पन्न उपचार केन्द्र निर्माण गर्न लागको नगर प्रमुख पजियारले बताएका छन् । 

 

नगर प्रमुख पजियारले यस उपचार केन्द्रबाट यस जिल्लाकै सर्पदंशका करिब ५० हजार विरामीहरुले लाभ लिने विश्वास व्यक्त गरेका छन् । उनले भने यो सर्पदंश उपचार केन्द्र जिल्लामा पहिलो निर्माण हुन लागेको छ । जिल्ला तथा नगरको विभिन्न भागमा वर्षेनी गर्मी समयमा नगरपालिकाको उत्तरी भेग जंगलसँग टाँसिएकाले सर्पले विगतमा सर्वसाधारणलाई दुःख दिदैं आएको उनको भनाइ छ । पजियारले उपचार केन्द्र बनेपछि सर्पले डसेका सर्वसाधारणको उपचारमा सहज हुने बताए । सर्पको बिगबिगी बढ्ने गरेका कारण उपचार केन्द्र निर्माणको आवश्यकता रहेको प्रमुख पजियारको भनाई छ ।

 

नगर प्रमुख पजियारसँग उपचार केन्द्रको लागि सम्झौता गर्दै युएनडिपीका फिल्ड संयोजक धनबहादुर चन्दले विगत केही वर्षअघिसम्म यस क्षेत्रमा वर्षेनी दर्जनौको मृत्यु सर्पको टोकाइबाट हुने गरेको बताउँदै उनले भने, ‘स्थानीयतह नहुदाँ केन्द्र बनाउन सहज थिएन । अब उपचारका लागि धेरै टाढा गइरहनुपर्ने बाध्यता हटाउनेतर्फ लागेका छौ । केन्द्रका लागि सेनाको तर्फबाट स्वास्थ्यकर्मी समेत तयार भइसकेको बताउँदै उनले भने, ‘औषधिलगायतमा नगरपालिकाले सहयोग गर्ने भएको छ ।’

 

उपचार केन्द्रको निर्माणमा नगरपालिकाले ९९ लाख ४५ हजार र युएनडीपिले १ करोड २६ लाख २६ हजार २ सय ५० बाँकी रकम विभिन्न दाताबाट संकलन गरिने जनाएको छ । उपचार केन्द्रमा आकस्मिक कक्ष, आईसीयु, ल्याब, उपचार कक्ष, प्रतिक्षा कक्ष, चिकित्सक कक्ष, आपाङ्गमैत्रीसहित सुविधायुक्त भवन निर्माण हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेशलाल कर्णले जनाएका छन् । सर्पदंशक उपचार केन्द्रमा आवश्यक चिकित्सक, औषधी र उपचारका लागि आवश्यक उपकरण, विरामीका लागि २० वटा बेड, ल्याबका लागि उपकरण, एम्बुलेन्स, मोबाईल एप्लिकेशन, डिजिटल मोनिटर तथा मेटेरियल समेतको व्यवस्था मिलाइने कर्णले जनाएको छ ।


उपचार केन्द्र निर्माण भईसकेपछि प्रादेशिक, जिल्ला तथा नगरपालिका स्तरमा सर्पको टोकाईबाट हुने मृतकको यथार्थ विवरण पनि तयार गरिने युएनडिपिका फिल्ड संयोजक जितेन्द्र जंग कार्कीले जनाए । उनले भने यसका साथ साथै सर्प टोकाई सम्बन्धि जनचेतामुलक कार्यक्रमको पनि आयोजना गरिने बताए । कार्कीले भने यो भवन नेपालमै कही नभएको आधुनिक प्रविधिको हुने बताए ।


उपचार केन्द्रको निर्माण कार्य यही श्रावणबाट सुरु भई २०७६ असारमसान्त सम्म सम्पन्न हुने सहयोगी सामुदायिक सुधार केन्द्रका अध्यक्ष संजय साहले जनाए । उपचार केन्द्र प्रदेशको अस्थायी राजधानी जनकपुरधाम सँगै राजमार्गसँग समेत जोडिएको हुनाले महेन्द्रनगरमा स्थापना गर्न लागिएको बताए ।

 

करिब अढाई करोड रुपैयाको लागतमा निर्माण हुने २ तल्ले भवनमा २० वटा बेड रहने जसमध्ये १२ महिला र ८ पुरुषको हुने क्षीरेश्वरनाथ नगरपालिका र युएनडिपिबीच २०७६ असार ३० गते सम्झौता गरिएको थियो ।

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...