आज बकर इद हर्षोल्लास पूर्वक मनाइदै, प्रदेश २ मा सार्वजनिक विदा 

मुस्लिम देश भनेर चिनिने खाडी मूलुक सउदी, कत्तार आज बेग्लै धुमधाम भएको छ ।

२०७६ श्रावण २७ सोमबार
बिहान ०९:१३ बजे
न्यूज ब्यूरो | डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम ।  मुस्लिम समुदायले बकर इद पर्व बुधबार मनाउँदै छन् । मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर–इदको अवसरमा एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बली दिई मनाउने गरिन्छ ।


किम्बदन्ती अनुसार इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बली दिन जङ्गलमा लगेपछि छोरालाई बली चढाउनै लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको विश्वास गरिन्छ । जनकपुर लगायत आसपासका क्षेत्र सहित देशैभरि बकर ईद विभिन्न कार्यक्रम गरी मनाइदै छ । 

 

प्रदेश नं. २ का सरकारले आज सोमबार साउन २७ गते सार्वजनिक विदा दिने घोषणा गरेका हुन् । प्रदेश नं. २ को सरकारले मुस्लिम धर्मावलम्बीहरुको उल्लासको पर्व इद उल जोहा बकर इदको अवसरमा एक दिने सार्वजनिक विदा दिएको हो । केन्द्र सरकारले समेत सोमबार सार्वजनिक विदाको घोषणा गरेको छ भने प्रदेश सरकारले समेत त्यही दिन विदाको घोषणा गरेको हो । 


यसरी बलि दिइएको दिन इस्लामिक पात्रो अनुसार १२ औँ महिना जिल हिज्जाको १० औँ तारिखमा भएकाले यस दिन बकर–इद मनाउने परम्परा सुरु भएको हो । बिहानै स्नान गरी इद्गाह वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन् ।

 

नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरान अनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ । कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ । यस क्रममा प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायश्थले बकर–इद (इदुल जोहा) पर्वले सामाजिक–आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भनी सबैमा शुभकामना व्यक्त गरेका छन् ।


प्रदेश प्रमुखले जारी गरेको शुुभकामना सन्देशमा सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम रहेको हाम्रो देशमा सो पर्वले भाईचराको आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रबर्द्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

 

यसै अवसरमा प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले पनि बकर ईदको शुभकामना दिएका छन् । मुस्लिम समुदायप्रति शुभकामना प्रकट गर्दै सबैको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन् । बकर–इद इस्लामका पाँच आधारस्तम्भमध्येको एक हज (तीर्थाटन) सँग जोडिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बकर इदको अघिल्लो दिन विश्वभरका इस्लाम धर्मालम्बीले हज गर्ने प्रचलनअनुसार मुस्लिम समुदायका सयौं नेपाली हजमा सहभागी हुने गर्छन् ।


मुस्लिम देश भनेर चिनिने खाडी मूलुक सउदी, कत्तार आज बेग्लै धुमधाम भएको छ । नेपाली कामदारहरुलाई ३ दिने विदा गरिएको छ भने बकर इद उल्लासका साथ मनाउन सेवा सुविधा समेत कामदारलाई दिइएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बलात्कार मुद्दामा फरार रहेका शर्मा पक्राउ 

  • २०७६ श्रावण २७ सोमबार

न्यूज ब्यूरो, सिरहा ।  सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय शेखर शर्मा बरही हुन्। उनी फागुन १६ गते

पूरा पढ्नुहोस्

Bureau Menus