सफा चितवनका लागि नेवि संघको डस्टविन !

सफा ठाउँ बनाउन तथा राख्नका लागि सबैलाई डस्टविनमै फोहोर फाल्न आग्रह गरे ।

२०७६ श्रावण २६ आइतबार
बेलुकी ७:१२ बजे
न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, चितवन । फोहोर व्यवस्थापनको लागि चितवनस्थित मेडिकल एण्ड टेक्निकल कलेज वरिपरी डस्टविन राखिएको छ ।

 

नेपाल विद्यार्थी संघ मेडिकल एण्ड टेक्निकल कलेज ईकाइ समितिले कलेज अवस्थित टोलमा ‘फोहोर मलाई’ लेखिएको डस्टविन राखेको हो । डस्टविन नभएर जताततै फोहोर फाल्नुपरेको बाध्यतालाई मध्यनजर गर्दै नेवि संघ सम्बद्ध युवाहरुले यसको समाधानको निम्ति ठाउँठाउँमा डस्टविन राखेको छ । 

 

सो क्रममा ईकाइ सभापति ओमकार सापकोटाले सफा ठाउँ बनाउन तथा राख्नका लागि सबैलाई डस्टविनमै फोहोर फाल्न आग्रह गरे । उनले कलेज ईकाइले आजसम्म विद्यार्थीको हकहितका लागि गरेका कार्यहरु बारे प्रकाश पनि पारे । ईकाइ समितिले सम्बन्धन शुल्क हटाउने, पुस्तकालयको सुधार, प्रयोगशालाको सुधार, परिक्षा प्रणालीको सुधार, विद्यार्थीका विभिन्न शुल्कमा न्युनिकरण लगायतका गरेको कार्यबारे जानकारी गराए ।

 

विद्यार्थीको हकहितका लागि यहाँ हुने आन्दोलन तथा कार्यक्रममा सहयोग गर्ने एभिन्यु कन्सलटेन्सीका सन्चालक एवं बालकुमारीका कार्यवाहक अध्यक्ष तथा स्वबियु सभापति उम्मेदवार कपिल अधिकारीलाई उनले धन्यवाद ज्ञापन गरे । 

 

कार्यक्रममा प्रमुख अतिथीका रुपमा नेपाली कांग्रेस जिल्ला सचिब उत्तम जोशी, विशिष्ट अतिथी महाधिवेशन प्रतिनिधि प्रकाश अधिकारी, दिब्यमणी सापकोटा, जिल्ला सदस्य एवं ट्रेड युनियन कांग्रेसका जिल्ला संयोजक गणेश पौडेल, नेवि संघ निवर्तमान उपाध्यक्ष निलकण्ठ रिजाल, हाम्रो टोल बिकास समितिका अध्यक्ष कृष्ण प्रसाद न्यौपाने लगायत विभिन्न कलेजका ईकाइ सभापति, पूर्व ईकाइ सभापति, पोखरा विश्वविद्यायलका उपाध्यक्ष, प्राविधिक विद्यार्थी परिषद्का कार्यवाहक अध्यक्ष, सिटिईभिटीका प्रतिनिधि लगायतको उपस्थिति थियो । कार्यक्रम संचालन ईकाइ सचिब श्रीशव देवकोटाले गरेका थिए ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७६ श्रावण २६ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus

} }