• २०७६ भदौ ८ गते, आइतबार
०४:४६ pm

समाजवादी पार्टी प्रदेश २ द्धारा बकर ईदको शुभकामना व्यक्त

आपसी मेलमिलाप, सद्भाव र भाईचाराको प्रबद्र्धन गरेको भन्दै यादवले भाईचारा अभिवृद्धिको कामना गरेका छन् ।

न्यूज ब्यूरो, जनकपुरधाम । ईस्लाम धर्माम्वलम्बीहरुको आस्थाको पर्व बकर ईदको अवसरमा समाजवादी पार्टीद्धारा शुभकामना व्यक्त गरिएको छ । 

 

मुस्लिमहरुको महान पर्व बकर ईदको उपलक्ष्यमा समाजवादी पार्टी प्रदेश २ समितिद्धारा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली ईस्लाम धर्मावलम्बीहरुमा सुख, शान्ति र समृिद्धका लागि हार्दिक शुभकामना व्यक्त गरिएको हो । 

 

पार्टीको प्रदेश २ अर्थात् मधेश प्रदेश समिति अध्यक्ष तथा प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका बिजय यादवले विज्ञप्ति जारी गरेर शुभकामना संदेश दिएका छन् ।

 

धार्मिक तथा सांस्कृतिक विविधतायुक्त मनाइने बकर ईद जस्ता विशेष पर्वले देशभित्र बसोवास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाईचाराको प्रबद्र्धन गरेको भन्दै यादवले भाईचारा अभिवृद्धिको कामना गरेका छन् ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस