• २०७६ मङ्सिर २९ गते, आइतबार

Loading...



कमला नदीको आफ्नो इतिहास छ, बचाउनु आवश्यक छ : वन सचिव काफ्ले 

वन अधिकृत राजेन्द्र कर्णले समेत कमला नदीको इतिहास र सर्वसाधारणको सहयोग सहित अपेक्षाबारे प्रकाश पारेका थिए । 

Loading...


न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का वन पर्यटन मन्त्रालयका सचिव नवराज काफ्लेले कमला नदीको पौराणिकत इतिहास रहेको भन्दै नदी संरक्षणको आवश्यकता औल्याएका छन् ।

 

कमला बचाउ अभियान अन्तर्गत प्रत्येक शनिबार गरिने जनजागरण कार्यक्रमको दौरान कार्यक्रममा सहभागीता जनाउँदै सचिव काफ्लेले  कमला नदी र समुदायिक वनको इतिहासबारे चर्चा परिचर्चा गरेका थिए । कमला बचाउ अभियानका सँयोजक एवम् अभियानी विक्रम यादवको अगुवाईमा गरिएको जागरण कार्यक्रममा उनले कमला नदी वैज्ञानिक हिसाबले समेत सर्वसाधारणको लागि अपरिहार्य रहेको उल्लेख गरे । 

 

सो कार्यक्रममा कमला नदीको पौराणिक र धार्मिक इतिहास उपर चर्चा गर्दै उनले आसपासका सर्वसाधारणहरुले मगण्य फाईदा लिन सकिने बताए । उनले कमला नदीको संरक्षण भनेको पौराणिक र इतिहासको धरोहरलाई संरक्षण गर्नु जस्तै रहेको बताए । सो क्रममा वन अधिकृत राजेन्द्र कर्णले समेत कमला नदीको इतिहास र सर्वसाधारणको सहयोग सहित अपेक्षाबारे प्रकाश पारेका थिए । 


धनुषाको शहिदनगर नगरपालिका अन्तर्गत पर्ने रामघाटमा वडाध्यक्ष तेजीलाल यादवको अध्यक्षतामा सो कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा वडाअध्यक्ष कुसेस्वर ठाकुर,  कमला अभियानी बिरेन्द्र यादव, रामनाथ यादव,  कमला किनारका सरोकारवाला युवा, किसान बुद्धिजिवी लगायतहरुको उपस्थिति रहेको थियो । 


साप्ताहिक कार्यक्रम अन्तर्गत कमला नगरपालिका वडा नं. ४ साघारमा समेत जनजागरण कार्यक्रम गर्दै कमला नदीको इतिहास बारेमा चर्चा, कमला बचाउ को लागि जग्गा नीरिक्षण तथा दुर्गा मन्दिरमा बृक्षारोपन समेत गरिएको थियो ।  कमला अभियानको पहलमा वडा अध्यक्ष पल्टु कवाडी ,समाजसेवी प्रभु दयाल जलान, नेका वडा सभापति राम नगिना साह, कमला अभियानी बिरेन्द्र यादव, रामनाथ यादव, राजकिशोर सलहैता, श्रीप्रसाद यादव ,रबिन्द्र यादव ,उपेन्द्र यादव लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । 



Loading...
त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित तराई-मधेशको No. 1 डिजिटल पत्रिका - "न्यूज ब्यूरो" | "सधैं ताजा, सबभन्दा तेज ।"
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...