• २०७६ भदौ ८ गते, आइतबार
०४:४६ pm

महिलाको सिकरी चोरेर भाग्न खोज्दा...

उनलाई नियन्त्रणमा राखी अनुसन्धान थालिएको हो । 

साँकेतिक तस्विर मात्र


न्यूज ब्यूरो, महेन्द्रनगर । धनुषामा एक महिलाको सिकरी (चैन) चोरेर भाग्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरिएको छ । 


धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ किसानपुर बजारबाट महिलाको सिकरि चोरी गरी भाग्दै गरेका एक पाकेटमारलाई प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको हो । किसानपुर बजारमा साझ ६ः३० मा स्थानिय रामकुमार कार्कीकी श्रीमति अर्चना कार्की खडका बजारमा तरकारी किनीरहेको अवस्थामा गालामा लगाएको सुनको सिकरी खोसेर भागेको बताइएको छ । सिकरी चोरी भएलगत्तै बजारमा होहल्ला भएपछि तत्कालै स्थानीय प्रहरीलाई जानकारी गराएपछि प्रहरीको घुम्ती टोलीले चोरी गर्ने युवकलाई पक्राउ गरेको हो । 


ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटि गएको घुम्ति टोलि  सिकरी चोरलाई पक्राउ गरेको प्रहरी ईन्चार्ज एवम प्रहरी नीरिक्षक रामकुमार यादवले जानकारी दिए । यादवका अनुसार केही समयपछि नै प्रहरीको घुम्ती टोली खटाई उनलाई पक्राउ गरिएको हो । प्रारम्भिक जानकारी अनुसार, चोरीको आरोपमा पक्राउ गरिएका अभियुक्त विरगंज उपमहानगरपालिका वडा नं. २२ प्रसौनिको गौरि शंकर राईको छोरा राहुल राई रहेको छ । उनलाई नियन्त्रणमा राखी अनुसन्धान थालिएको हो । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

विनय कुमार यादव, धनुषा

संवाददाता

प्रदेश नं. २, धनुषा - नेपाल

विनय कुमार यादव || उहाँ न्यूज ब्यूरोको धनुषा जिल्ला सहकर्मी हुन् । धनुषाको उत्तरीपूर्वी भेगका जानकारी तथा समचारको लागि उहाँ प्रतिनीधित्व गर्दैहुनुहुन्छ | मोबाईल नं. : +9779844401154 , 9803142770 |

प्रतिकृया दिनुहोस