• २०७६ भदौ ८ गते, आइतबार
०५:०१ pm

मधेशको रङ्गमञ्चमा धाकड ‘राजेश’

राजेश सक्सेना (पासवान) यतिखेर मिथिला मधेशको सफल हाँस्य कलाकारहरु मध्ये एक गनिन्छन् ।

रम गरिबीको चपेटामा परेको दलित परिवारमा जन्मे हुर्केका राजेश सक्सेना (पासवान)ले कहिल्यै सोचेका पनि थिएनन होला कि कलाकारिताको क्षेत्रमा यति अगाडि बढ्छन् र मिथिला मधेश क्षेत्रका सफल कलाकारको रुपमा नाम कमाउँलान । तर तिनै राजेश सक्सेना (पासवान) यतिखेर मिथिला मधेशको सफल हाँस्य कलाकारहरु मध्ये एक गनिन्छन् । दिनप्रतिदिन सफलताको शिखर चुमिरहेका छन् ।

 

एक त गरिब त्यसमाथी पनि दलित परिवारमा जन्मेका राजेशका लागि यहाँसम्मको बाटो त्यति सजिलो थिएनन र छैन पनि । धेरै संघर्ष र कठिन यात्राका बीच यहाँ आईपुगेका पात्र हुन् राजेश ।
वि.सं. २०४४ साल सााउन १५ गते बुवा सोनफी पासवान र आमा भोली देवीको कोखबाट धनुषाको मोरहा (हाल हँसपुर नगरपालिका) भन्ने गाउँमा जन्मेका राजेशको बच्चै देखी कलाकारिताप्रति झुकाव थियो ।

 

हुनत् करिब करिब प्रत्येक आमा–बुवाको सपना हुन्छ कि उसको बच्चा ठुलो भएर डाक्टर÷ईन्जिनियर बनोस् र समाजमा नाम, दाम तथा प्रतिष्ठा कमाओस् । त्यो भन्दा फरक सपना राजेशका बुवा–आमाको पनि हुने कुरै भएन । त्यस्तै सपना बोकेर बुवाले राजेशलाई कम्प्यूटर साईन्सतर्फ ओभरसियर पढाए । ओभरसियर सकेपछि राजेशले बीएस्सी अध्ययन गरे ।

 

बीएस्सी सकेपछि राजेशलाई न त अगाडि अध्ययन तिर मन लाग्यो र न त उनले आफैँले पढेको क्षेत्रतिर । छोरालाई ईन्जिनियर बनाउने उद्देश्यले बुवाले ओभरसियरमा भर्ना गराईदिए पनि राजेशको सधैँदेखी कलाकारितामै झुकाव थियो । र भाग्यलाई पनि सायद त्यही स्वीकार्य थियो ।

 

 

राजेशको ईच्छा पनि एकटा राम्रो कलाकार बन्ने नै थियो । पछि राजेशले पनि सबै काम कुरा छोडी कलाकारितालाई निरन्तरता दिन थाले । र फुलटाईमर कलाकार बन्ने निष्कर्षमा पुगे । बच्चै देखी राजेश आफ्नो विद्यालयमा बहुप्रतिभाशाली गुणका धनी थिए ।


बच्चामा राजेशलाई गाउँ–घरमा हुने भगता नाचले आकर्षित गर्न थालिसकेको थियो । त्यतिखेर उनले भगता नाच गरि गाउँ–घरमै साथी भाई तथा आफ्ना गाउँका अग्रजहरुलाई देखाउँथे ।


बच्चामा राजेशलाई गाउँ–घरमा हुने भगता नाचले आकर्षित गर्न थालिसकेको थियो । त्यतिखेर उनले भगता नाच गरि गाउँ–घरमै साथी भाई तथा आफ्ना गाउँका अग्रजहरुलाई देखाउँथे । तबसम्म राजेश गाउँ–घरमै सीमित थियो । तर उनीभित्रका कलाकार जाग्न थालिसकेको थियो ।


जनकपुरमा पहिलो एफ एमको रुपमा रेडियो जनकपुरको विकास स्थापना भयो । र त्यहाँबाट प्रसारण हुने कार्यक्रम ‘बाह मसाला तेह्र स्वाद’ले राजेशलाई धेरै प्रभावित तुल्याए । त्यो कार्यक्रमले राजेशमा यति धेरै प्रभाव बनायो कि कि उनले उक्त रेडियो नाटकमा अभिनय गर्ने हाँस्य कलाकार रामनारायण ठाकुरलाई हेर्न र भेट गर्न मात्रै रेडियो जनकपुरसम्म पुगिहाले । र उनलाई हाँस्य कलाकार ठाकुरले पनि यस क्षेत्रमा आउन धेरै हौसला प्रदान गरे ।


विस्तारै समयले मोड लियो र उनलाई कलाकारिताको पहिलो अनुभूति गायक तथा संगितकार सुनिल मल्लिकले गराए । २०६२/०६३ को जनआन्दोलन तथा परिवर्तन पश्चात एफ एम रेडियोहरुको खुल्ने क्रम तीव्रगतिमा भईरहेको थियो । सोही क्रममा जनकपुरमा पहिलो एफ एमको रुपमा रेडियो जनकपुरको विकास स्थापना भयो । र त्यहाँबाट प्रसारण हुने कार्यक्रम ‘बाह मसाला तेह्र स्वाद’ले राजेशलाई धेरै प्रभावित तुल्याए ।

 

त्यो कार्यक्रमले राजेशमा यति धेरै प्रभाव बनायो कि कि उनले उक्त रेडियो नाटकमा अभिनय गर्ने हाँस्य कलाकार रामनारायण ठाकुरलाई हेर्न र भेट गर्न मात्रै रेडियो जनकपुरसम्म पुगिहाले । र उनलाई हाँस्य कलाकार ठाकुरले पनि यस क्षेत्रमा आउन धेरै हौसला प्रदान गरे । अहिले राजेशले आफ्नो यसक्षेका गुरु तथा मार्गदर्शन उनै रामनारायण ठाकुरलाई मान्दछन् । राजेश भन्छन्,–‘सायद उहाँ नभएको भए म आज यो क्षेत्रमा हुन्थेन होला र मलाई अहिले यहाँ हेर्न सक्नुहुन्नथे । 


अहिले पनि संक्रमणकाल नै हो । राजनीतिक समस्या घट्नेभन्दा बढिरहेको छ । संक्रमणकाल लम्बिदैँ गइरहेको छ । माओवादी समस्या समाधान भयो भनेर भनिएको थियो । तर, अर्को माओवादीले जन्म लियो ।


भगता नाचमा विस्तारै जमिरहेका राजेशले हाँस्य कलाकार रामनारायण ठाकुरलाई भेटिसकेपनि खासै गाउँ–घरबाट बाहिर निस्किन नसकेका राजेशको जीवनमा जनकपुरको शिवचौकको नाटकले अर्कै मोड ल्याईदियो । राजेशले केही विद्यार्थी साथीभाईहरुसँग मिलेर एकदिन जनकपुरको शिवचौकमा नाटक गर्दै थिए । जुन नाटक हाँस्य कलाकार रामनारायण ठाकुरले हेरे । राजेशको अभिनयबाट प्रभावित भएर ठाकुरले मिथिला नाट्यकला परिषद्मा आउन सुझावमूलक निर्देशन दिए ।

 

यहीबाट राजेशको कलाकारिता तथा नाट्य यात्राले जीवनमा सफलताको मोड लियो । जसलाई उनले तीव्रगतिमा अगाडि बढाउदै गए । त्यहीदिन देखी उनले मिनापमा जान सुरु गरे । विस्तारै वरिष्ठ तथा दिग्गज कलाकारहरु सँग चिनजान बढ्दै गयो ।


राजेशको मनमा खुशीको सीमा रहेन तर डर पनि त्यतिकै लागिरहेको थियो उनलाई । डरको कारण थियो, त्यो नाटकमा सुनिल मिश्र, दिगम्बर झा ‘दिनमणी’ जस्ता वरिष्ठ तथा दिग्गज कलाकारहरुको समेत उपस्थिति थियो ।


राजेशलाई जतिखेर मिनापले ‘एक छल गदहा’ नामक नाटकमा अभिनय गर्ने अवसर दियो, त्यतिखेर राजेशको मनमा खुशी मिश्रित डरको भाव देखियो । हुनत् त्यो अवसरले राजेशको मनमा खुशीको सीमा रहेन तर डर पनि त्यतिकै लागिरहेको थियो उनलाई । डरको कारण थियो, त्यो नाटकमा सुनिल मिश्र, दिगम्बर झा ‘दिनमणी’ जस्ता वरिष्ठ तथा दिग्गज कलाकारहरुको समेत उपस्थिति थियो । दिग्गज तथा वरिष्ठ कलाकारहरुको अगाडि आफ्नो कलालाई कसरी उत्कृष्टताका साथ प्रदर्शन गर्ने भन्ने प्रदर्शन गर्ने भन्ने चिन्ता थियो उनको मनमा । चिन्ताकै बीच नाटकमा उत्कृष्ट अभिनय गरेका राजेशको अभिनयलाई सबैले मुक्तकण्ठले प्रशंसा गरे । त्यसपछि मात्रै राजेशको मनभित्रको डर र चिन्ता हट्यो ।


राजेश पढाईमा मेधावी तथा तेज विद्यार्थी थिए । राजेशका बुवा–आमा तथा गाउँका साथी र अग्रजहरुको मनमा थियो कि राजेश डाक्टर इन्जिनियर बनोस् ।


यता राजेश कलाकारितामा जमिरहेको देखेर उनका आमा–बुवा सहित पूरा गाउँका साथी तथा अग्रजहरु राजेशसँग रिसाएका थिए । जसको एउटै कारण थियो, राजेश पढाईमा मेधावी तथा तेज विद्यार्थी थिए । राजेशका बुवा–आमा तथा गाउँका साथी र अग्रजहरुको मनमा थियो कि राजेश डाक्टर इन्जिनियर बनोस् । तर विस्तारै राजेशको आवाज रेडियो जनकपुर मार्फत गुञ्जिन थालेपछि उनीहरु धेरै दिन राजेश सँग रिसाएर बस्न सकेनन् । विस्तारै उनीहरु राजेशको क्रियाकलापसँग खुशी हुन थाले । त्यसपछि उनीहरु राजेशमाथी गर्व गर्न थाले ।


जनकपुरको मिनाप, रङ्गदर्पण, रङ्गभूमी, आर्ट अफ कम्युनिटी थिएटर लगायतको संस्थासँग मिलेर काम गरिरहेका छन् । उनले अहिलेसम्म एक छल गदहा, डोमकच्छ, छुतहा घैल, राजा सलहेश, नै हजुर भैया मारत, खत्ताके बेङ्ग, पुषक जाड कि माघक जाड, इमान्दार गाम नै सुतैय लागयतका नाटकहरुमा अभिनय गरिसकेका छन् भने सङ्गोर, भोर, ई गंगा छैक, अक्षत लगायतका करिब आधा दर्जन भन्दा बढी टेलिफिल्ममा काम गरिसकेका छन् ।


अहिले राजेश दिनरात कलाकारिताको क्षेत्रमा मिहेनत गरिरहेका छन् । उनको सपना आफ्नो रोलमोडल (मार्गदर्शक तथा गुरु) रामनारायण ठाकुरको अलिकति भएपनि नक्कल गर्न सकुन् ।
राजेशले अहिले सम्म करिब एक दर्जन भन्दा नाटकमा अभिनय गरिसकेका छन् ।

उनले जनकपुरको मिनाप, रङ्गदर्पण, रङ्गभूमी, आर्ट अफ कम्युनिटी थिएटर लगायतको संस्थासँग मिलेर काम गरिरहेका छन् । उनले अहिलेसम्म एक छल गदहा, डोमकच्छ, छुतहा घैल, राजा सलहेश, नै हजुर भैया मारत, खत्ताके बेङ्ग, पुषक जाड कि माघक जाड, इमान्दार गाम नै सुतैय लागयतका नाटकहरुमा अभिनय गरिसकेका छन् भने सङ्गोर, भोर, ई गंगा छैक, अक्षत लगायतका करिब आधा दर्जन भन्दा बढी टेलिफिल्ममा काम गरिसकेका छन् ।


हाँस्य कलाकारको रुपमा भारतको मुंगेरमा ‘राजा सल्हेश’ नामक पुरस्कार समेत पाएका छन् भने दर्जनौँ कार्यक्रम मार्फत सम्मानित भईसकेका हुन् ।


उनले युवा तथा हाँस्य कलाकारको रुपमा भारतको मुंगेरमा ‘राजा सल्हेश’ नामक पुरस्कार समेत पाएका छन् भने दर्जनौँ कार्यक्रम मार्फत सम्मानित भईसकेका हुन् ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस