जनकपुरबाट सब ईन्जिनीयर घुस सहित रँगेहात पक्राउ !

मण्डललाई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास शाखामा लगिएको जनाइएको छ । 

२०७६ श्रावण २४ शुक्रबार
रति ८:३८ बजे
न्यूज ब्यूरो | डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट शुक्रबार साँझ एक सब ईन्जिनीयर घुस सहित रँगेहात पक्राउ परेका छन् । 

 

धनुषाको नगराईन नगरपालिकाका सब ईन्जिनीयर उमेश मण्डललाई शुक्रबार साँझ करिब सवा ६ बजेतर्फ जनकपुरबाट ५५ हजार रुपैयाँ घुस सहित रँगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास शाखाका उप सचिव हरि प्रसाद घिमिरेले जानकारी दिए । न्यूज ब्यूरोसँग कुराकानी गर्दै उपसचिव घिमिरेले सब ईन्जिनीयर मण्डललाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको जानकारी दिए । 

 

नगराईन नगरपालिकामा सम्पन्न कुनै योजनाको भुक्तानी गराइदिन सहयोग गर्ने उदेश्यले सेवाग्राहीसँग ५५ हजार रुपैयाँ घुस मागेको प्राथमिक अनुसन्धानबाट खुलेको उपसचिव घिमिरेले जानकारी दिए । उनका अनुसार, बर्दिवासबाट खटि गएको टोलीले नै जनकपुर उपमहानगरपालिका वडा नं. ६ जनकपुर अञ्चल अस्पताल रोडबाट घुस रकम सहित रँगेहात पक्राउ गरेको हो ।

 

सम्पन्न भएको योजनाको भुक्तानी सहज गराउनको लागि घुस मागेको जानकारीको आधारमा उनलाई रँगेहात पक्राउ गरिएको जनाइएको छ । मण्डललाई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास शाखामा लगिएको जनाइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०७६ श्रावण २४ शुक्रबार

Bureau Menus

} }