• २०७६ भदौ ८ गते, आइतबार
०५:०२ pm

शान्ती सुरक्षाको लागि अहोरात्र खटनेछु : ईन्सपेक्टर कार्की 

यश क्षेत्रको शान्ति सुरक्षाकालागी अहोरात्र खट्ने प्रतिबद्धता जनाउदै स्थानीयको सहयोग जरुरी रहेको कार्कीले बताए । 


न्यूज ब्यूरो, सुनसरी । ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) शान्ती सुरक्षा नै विकासको मूल आधार भएको बताएका छन् ।

 

शुक्रबार ईलाका प्रहरी कार्यालयमा नयाँ सरुवा भई आएका प्रहरी नीरिक्षक कार्कीले गरेको परिचायात्मक तथा भेटघाट कार्यक्रममा उनले आफ्नो इलाका भित्रको क्षेत्रमा शान्ती सुरक्षाको लागि हरसम्भव प्रयास गर्ने बताएका छन् । सँचारकर्मी तथा सरोकारबालाहरु सँगको भेटघाट एवम् ईलाका भित्रको वर्तमान अवस्थाको बारेमा जानकारी लिँदै उनले अपराधिक घटनालाई नियन्त्रण गर्न समुदाय सँग प्रहरीले हातोमालो गरेको बताए । 


सो कार्यक्रममा दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले प्रहरी निरीक्षक कार्कीलाई स्वागत गर्दै  शान्ति सुरक्षा विना विकासको आधार बन्न नसक्ने बताए । नगर प्रमुख गच्छदारले दुहबी वासीको शान्ति सुरक्षामा कुनै कमि हुन नदिन सदैब सकारात्मक भएर लागि पर्ने समेत बताए । भेटघाट कार्यक्रममा ईप्रका दुहबीका प्रहरी निरीक्षक कार्कीले दुहबी वासीहरुलाई मजवुत सुरक्षा प्रदान गर्नका लागि शान्ती सुरक्षाका विभिन्न रणनितिहरु अपनाउने बताए ।

 

सडकमा हुने अराजकता अनुशासनहिनता गतिविधिदेखी सडक सुशासनका लागि संयुक्त रुपमा सुरक्षा नीति लागु गरिने बताउँदै उनले विष्फोटक पदार्थ नियन्त्रण, जुवाजन्य खेलहरु नियन्त्रण र निगरानी, चोरी तस्करी नियन्त्रण, खाद्यान्नको कृत्तिम अभाव र कालोबजारी उपर निगरानी, मदिराजन्य वस्तुहरुको विक्री तथा वितरणमा कडाई, चोरी लुटपाटका घटनाहरु हुन नदिन पूर्व तयारी र सर्वसाधरणहरुमा सचेतना अपनाउने सुरक्षा रणनीति रहेको थपे । 

 

बजारमा हुने विभिन्न खालका गतिविधिहरुलाई निगरानी गर्नका लागि प्रहरीहरुलाई विभिन्न माध्यमबाट परिचालन गरी सर्वसाधरणहरुलाई सुरक्षा प्रदान गर्ने तयारी गरेकोसमेत  यश क्षेत्रको शान्ति सुरक्षाकालागी अहोरात्र खट्ने प्रतिबद्धता जनाउदै स्थानीयको सहयोग जरुरी रहेको कार्कीले बताए । 

 

भेटघाट तथा परिच्यात्मक कार्यक्रममा जिसस सुनसरीका उप प्रमुख कृष्ण बिक,दुहबी नगर उपप्रमुख सुनिता दाहाल शाह, समाजसेवि गुलाब चन्द रौनियार ,हरिकिशुन डाँगा ,शकंर थापा  , समुदाय प्रहरी दुहबी अध्यक्ष दिलिप राई ,दुहबी नगरपालिका १देखि १२ वडा अध्यक्षहरु , स्थानीय राजनीतिक दलका नेता कार्यकर्ता, विभिन्न संघ संस्थाका प्रतिनिधी,  सुनसरी सामुदायिक अस्पतालका प्रबन्ध निर्देशक संतोष सिंह , स्थानिय संचारकर्मी लगायतहरुले जिज्ञासा सहित सुझाव राखेका थिए ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस