• २०७६ कार्तिक ७ गते, बिहीबार



२०० विद्यार्थीले गरे रक्तदान 

विद्यार्थीहरुले आगामी दिनमा पनि यस प्रकारको कार्यक्रमहरुलाई निरन्तरता दिने बताए । 


न्यूज ब्यूरो, काठमान्डौं । काठमाण्डौको एनसिआईटि कलेजका एक विद्यार्थी संगठनले रक्तदान कार्यक्रम आयोजना गरेको छ । अखिल क्रान्तिकारी, अनेरास्ववियु इकाई समितिले आयोजना गरेको रक्तदान कार्यक्रम भव्यताको साथ सम्पन्न भएको हो ।


रक्तदान कार्यक्रम अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङको प्रमुख आथित्यमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा करिब २००विद्यार्थीहरुले रक्तदान गरेका थिए । रक्तदान जीवनदान नारा सहित अस्पतालमा रक्तको कमिको कारण कैयौं सर्वसाधारणले ज्यान गुमाउनुपरेको भन्दै त्यसलाई नीराकरण गर्नको लागि पनि उनीहरुले रक्तदान गरेका हुन् । 

 

रक्तदान कार्यक्रममा अनेरास्ववियू स–संयोजक तामाङ विद्यार्थी नेताहरु समिक बडाल, नारायण घर्ती,सन्जय कालदन, बालकुमार केसि, योगेन्द्र बुढा, अभिषेक सुवेदी, उपदेश यादव आनन्द झा,अभय साह लगायतको उपस्थिति रहेको थियो । विद्यार्थीहरुले आगामी दिनमा पनि यस प्रकारको कार्यक्रमहरुलाई निरन्तरता दिने बताए । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...