• २०७६ भदौ ८ गते, आइतबार
०५:४५ pm

लदाखको घाटीमा 'धोनी' ले तिरँगा फहराउने 

धोनीलाई भारतको तेस्रो उच्चतम नागरिक सम्मान पदम भूषण प्रदान गरिएको छ । 

Photo Credit : https://www.deccanchronicle.com


न्यूज ब्यूरो, भारत । भारतीय क्रिकेटर एवम् टीम ईण्डियाका पूर्व कप्तान महेन्द्र सिँह धोनी आउँदो १५ अगस्तमा लदाखको घाटीमा तिरँगा (भारतीय झण्डा) फहराउने भएको छ । 


जानकारी अनुसार भारतको स्वतन्त्रता दिवस अर्थात १५ अगस्तको दिन लदाखको लेह गएर तिरँगा फहराउने छ । भारतीय टेरिटोरियल आर्मीमा लेफ्टीनेन्ट कर्नल धोनीले आर्मीमा काम गर्नको लागि २ महिनाको आराम लिएका छन् । उनले ३० जुलाईको सेनाका साथ आफ्नो जिम्मेवारी सम्हालेका थिए भने आउँदो १५ अगस्तसम्म आफ्नो बटालियन सँगै रहने भारतीय सँचारमाध्यमहरुले जनाएको छ । 


भारतमा धारा ३७० हटाइएपछि आएको परिवर्तन पश्चात धोनीले लदाखको लेहमा आफ्नो देशको झण्डा फहराउने कार्यक्रम रहेको बुझिएको छ । यसै सन्दर्भमा धोनी उपर सेनाका अधिकारीले बयान दिँदै भनेका छन् , - "धोनी भारतीय सेनाका ब्राण्ड एम्बेस्डर हुन ,  उनी आफ्नो युनिटका सदस्यहरुलाई प्रेरित गर्नमा लागेका छन् । विशेष उहाँ सैनिकसँग फुटबल, भलिबल खेल्दैछन् । साथै उहाँ कोर अभ्यासमा समेत समय दिरहनुभएका छन् । आउँदो अगस्त १५ सम्म घाटीमा रहनेछ ।" 

 

यद्यपी सैनिक अधिकारीले धोनी लदाखको कुन ठाउँमा झण्डा लहराउने भनेर यकिन भइनसकेको अवस्था रहेपनि उनी लेहमा झण्डा फहराउने कार्यक्रम तय गरिएको छ । एमएस धोनी सन् २०११ मा टेरिटोरियल आर्मीमा समावेश भएका थिए । उनका साथै ओलम्पीक गोल्ड मेडालिस्ट अभिनव विंद्रा पनि टेरिटोरियल आर्मीमा शामिल भएका थिए । धोनीसँग लेफ्टिनन्ट कर्नलको आनरेरी रैंक रहेको छ भने पैरासुट बटालियनको सदस्य समेत हुन् । यसपछि पनि उनी कैयौ पटक सेनाको बर्दीमा देखिएका हुन । जब उनलाई पद्यम सम्मान भेटाएको थियो त्यसबेला पनि उनी सैनिक जवानको रुपमा नै ग्रहण गरेका थिए । 

 

धोनी विक्टर फोर्सका साथ समेत जोडिएका हुन । यो युनिट कश्मिरको सबैभन्दा बढी आतंक प्रभावित जिल्लाहरुमध्ये जस्तो की शोपिया र अनंतनागमा काम गर्छन् । धोनीलाई भारतको तेस्रो उच्चतम नागरिक सम्मान पदम भूषण प्रदान गरिएको छ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस