• २०७६ भदौ ८ गते, आइतबार
०४:५९ pm

नेबिसंघ CTEVT प्रदेश २ को  संयोजकमा गोईत मनोनित 


न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्यार्थी संघ सिटिईभिटीको प्रदेश नं. २ को सँयोजकमा इन्द्रजीत कुमार गोईतलाई मनोनित गरिएको छ । 


नेपाल बिद्यार्थी संघको बिधान २०२७ को छैठो संशोधन २०७३ नियामाबली परिमार्जित २०७३ अनुसार नेपाल विद्यार्थी संघको सिटिईभिटी केन्द्रिय समन्वय समितिको राष्ट्रिय भेलाबाट उनलाई सँयोजकमा सिफारिस गरिएको हो ।  परिषाद्को   निर्णय अनुसार संगठनप्रति गोईतको लगवाका साथै योग्दानको उच्च मुलयङ्कन गर्दै  प्रदेश नं २ को नेपाल बिद्यार्थी संघको संयोजक  पदमा मनोनित गरेको उल्लेख गरिएको छ । 


नेपाल  बिद्यार्थी संघ  सिटिईभिटीको केन्द्रिय सामान्य समितिको अध्यक्ष  कर्ण बाहदुर ओलि द्धारा जारी गरिएको पत्रमा गोईतलाई मनोनित गरेको उल्लेख  गरिएको छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस