• २०७६ मङ्सिर २९ गते, आइतबार

Loading...



जनकपुर : ट्रक र मोटरसाईकल जुध्दा २ युवकको मृत्यू  !

मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलँगवा पठाइएको छ  ।

Loading...


न्यूज ब्यूरो, जनकपुरधाम । ट्रक र मोटरसाईकल एक आपसमा जुध्दा दुई जनाको मृत्यू भएको छ । 

 

जनकपुर अञ्चलको सर्लाही जिल्लाको हरिवन स्थिति पूर्व पश्चित राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिम तर्फ गईरहेको मोटरसाईकल र पश्चिमबाट पूर्व तर्फ आईरहेको ट्रक एक आपसमा जुध्दा एक युवकको घटना स्थलमै तथा अर्काको उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

 

राजमार्ग अन्तर्गत पश्चिमतर्फ गईरहेको ना ५६ प १०४८ नम्बरको मोटरसाइकल र पूर्वतर्फ आईरहेको ना. ५ ख ६०१४ नम्बरको ट्रक एक आपसमा जुध्दा सर्लाहीको बरहथवा नगरपालिका वडा नं. ७ बस्ने अन्दाजी बर्ष २८ का मनोज कुमार दास र सोही ठाउँ बस्ने अन्दाजी बर्ष ३० को  विक्रम दासको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एपसी) गोपाल चन्द्र भट्टराईले जानकारी दिए । 


भट्टराईका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका मनोजको स्थानीय नमुना अस्पतालमा उपचारको लागि भर्ना गरेको तथा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लैजाँदै गर्दा हेटौडामै मृत्यू भएको हो भने विक्रमको स्थानीय नमूना अस्पतालमै उपचार गर्दागर्दै मृत्यु भएको हो । 


हरिवन नगरपालिकाको वडा नं. ११ स्थित रहेको चापिनी पुल छेउमा पश्चिमबाट आफ्नै साइडमा आइरहेको ट्रकमा ठोकिन पुग्दा मोटरसाईकलमा सवार दासद्धयको मृत्यू भएको हो । ट्रकका चालक घटना भएलगत्तै फरार भएको तथा उनको खोजी कार्य तीव्र पारिएको छ भने मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलँगवा पठाइएको छ  ।



Loading...
त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित तराई-मधेशको No. 1 डिजिटल पत्रिका - "न्यूज ब्यूरो" | "सधैं ताजा, सबभन्दा तेज ।"
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...