'पित्त पत्रकारिताले मेरो चरित्र हत्या गर्ने प्रयास' : अध्यक्ष दत्त 

मधेशी आयोगमा ३१ जना निजामति कर्मचारीको दरबन्दी रहेकोमा अहिले २१ जना निजामति कर्मचारी कार्यरत रहेका छन् ।  

२०७६ श्रावण २३ बिहीबार
बेलुकी ५:२६ बजे
न्यूज ब्यूरो | डेस्क
फाईल तस्विर


न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी आयोगका अध्यक्ष विजय कुमार दत्तले पित्त पत्रकारिता गरी आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको बताएका छन् । 

 

केही पत्रपत्रिका तथा अनलाईन सँचारमाध्यमहरुमा मधेशी आयोगका अध्यक्ष दत्तले अनुशिक्षणको नाममा ३ करोड स्वाहा गरेको भनेर भ्रामक प्रचार गरेको स्पष्टोक्ति दिएका छन् । एक प्रेस विज्ञप्ति समेत जारी गर्दै अध्यक्ष दत्तले एक आर्थिक वर्षमा कार्यक्रमको लागि आयोगको जम्मा ४६ लाख रुपैयाँ बजेटबाट ३८ लाख रुपैयाँ मात्र खर्च गरी ९५ प्रतिशत उपलब्धी हाँसिल गरेको दाबी गरेका छन् । 


न्यूज ब्यूरोसँग कुराकानी गर्दै अध्यक्ष दत्तले भने, - "यो पित्त पत्रकारिता हो, केही पत्रपत्रिकाहरुले मधेशी आयोग जन्मदै ३ करोड रुपैयाँ स्वाहा गरेको समाचार प्रकाशन प्रकाशित गरेको छ । जब यहाँ कार्यक्रमको लागि कुल बजेट ४६ लाख रुपैयाँ मात्रै रहेको छ भने ३ करोड रुपैयाँ स्वाहा कहाँबाट भयो ? त्यही ४६ लाख रुपैयाँबाट जम्मा अहिलेसम्म ३८ लाख १७ हजार ५ सय ९१ रुपैयाँ मात्र खर्च गरी भौतिक प्रगति भने ९५ प्रतिशत भएको छ र आर्थिक प्रगति ८२.९९ प्रतिशत हो ।" 

 

आयोगले श्रावण २० गते पत्रकार सम्मेलन गरि आफ्नो गत आर्थिक वर्षको सम्पूर्ण खर्चहरु कुन ठाउँमा कति भएको थियो भन्ने सार्वजनिक गरेर आफ्नो खर्चहरु पारदर्शी गरेको थियो । आयोगले प्रदेश–१,२,३,५ र ७ गरि गोष्ठी संचालन तथा अनुशिक्षण कार्यक्रममा जम्मा साढे ३८ लाख खर्च गरेपनि केही पत्रपत्रिकाले झुठो र मिथ्या आरोप सहित ३ करोड स्वाहा भनेर भ्रामक समाचार प्रकाशन प्रकाशित गरेको प्रति आपत्ति जनाए । 

 

"कानुनमा कसैको प्रमाण बिना  चरित्र हत्या गर्नु दण्डनीय अपराध मानिन्छ । झुठो आरोप लगाएपछि त्यो समाचार लेख्ने पत्रकारको दक्षता, क्षमता र ज्ञानमाथि प्रश्न उठनु स्वभाविक हो । विना कुनै प्रमाणको आधारहिन समाचार प्रकाशन प्रकाशित गरेर आफ्नो रिस, पित्त शान्त मात्र पारेको हो । यसले मेरो चरित्र हत्या त भयो तर पित्त पत्रकारिता गर्नेलाई के फाईदा भयो त्यो उनले नै जानुन ।" - उनले भने । 


मधेशी आयोग गत वर्षको कार्तिक मसान्तमै गठन भएपनि आफू ३ महिना २३ दिनदेखि कार्यभार सम्हालेको बताउँदै विनियोजन गरिएको कुल ४६ लाख बजेटबाट प्रदेश नं. १, २, ३, ५,७ र केन्द्रीय कार्यक्रमको लागि र आतेजाते, भत्ता, घरभाडा, ईन्धन, सवारी खर्च, गोष्ठी, अनुशिक्षण गरी अहिलेसम्म ३८ लाख १७ हजार ५ सय ९१ रुपैयाँ मात्र खर्च भएको दाबी गरे । उनले भने, -"आयोगको विनियोजित कुल बजेटको अहिलेसम्म मात्र ७०.२ प्रतिशत बजेट मात्र खर्च गरी शतप्रतिशत उपलब्धी हाँसिल गरेको छ । कार्यालय स्थापना गत वर्षको कार्तिक मसान्तमै भयो, भनेपछि घरभाडा, सवारी खर्च त त्यहिबेला देखि सुरु भएको हो र मैले त्यो कार्यालयमा गएको ३ महिना २३ दिन भएको छ, तर पनि पत्रपत्रिकाहरुले अध्यक्ष विजय दत्तले नै ३ करोड रुपैयाँ स्वाहा गरेको भनेर अफवाह र भ्रम फैलाए । यो अपराध हो ।" 


आर्थिक कारोबार हेर्ने जिम्मेवारी लेखा र प्रशासनको मात्र रहेको जनाउँदै उनले आफ्नो कुनै संलग्नता नै नहुने कार्यमा ३ करोड स्वाहा गरेको भनेर शिर्षकको समाचार प्रकाशित प्रकाशनप्रति आपत्ति जनाए । उनले भने, -"आर्थिक तर्फ सरकारी कर्मचारीले गर्ने हो, निजामति कर्मचारीबाट न गर्ने हो, नत चेकमा मेरो हस्ताक्षर चल्छ । जहाँ जहाँ कार्यक्रम हुने हो मैले त्यहाँ उपस्थिति जनाउँने हो, कार्यक्रम आयोजना पनि त नेपाल सरकारकै निजामति कर्मचारीले गर्ने हो ।" 


आर्थिक वर्ष २०७५ ७६ को लागि विनियोजन गरिएको कुल ५ करोड ९० लाख रुपैयाँ मध्ये २९ प्रतिशत मात्र बजेट बाँकी रहेको जनाइएको छ । उनले भने, - "त्यतिको बजेट ५ जना अधिकारीको लागि आएको थियो, अब ४ जना आएनन त्यसैले कर्मचारीको तलब बाहेक सबै बजेट फ्रिज अर्थात फिर्ता भएर गयो । कार्यक्रमको लागि विनियोजन गरिएको ४६ लाख मध्ये मैले कार्यभार सम्हालेदेखि अहिलेसम्म ३८ लाख १७ हजार रुपैयाँ खर्च गरी शतप्रतिशत कार्यक्रमको उपलब्धी हाँसिल गरेको छु ।" 


प्रदेश नं. २ मा अनुशिक्षण गोष्ठीको लागि विनियोजन गरिएको अनुमानित बजेट २० लाख मध्ये प्रदेशको ८ वटै जिल्लामा कार्यक्रम गर्दा सम्म १९ लाख १२ हजार ९ सय ३१ रुपैयाँ खर्च भएको जनाइएको छ ।  यस्तै, प्रदेश नं. १ मा एउटा अनुशिक्षण कार्यक्रम सँचालनको लागि ३ लाख बजेट मध्ये २ लाख ९८ हजार ३ सय ९८ खर्च देखाइएको छ । यस्तै अन्य प्रदेश तथा केन्द्रीय स्तरको कार्यक्रम सहित जिँगल प्रसारण सहित गरी ३८ लाख रुपैयाँ खर्च मात्र भएको दाबी गरिएको छ । 


मधेशी आयोगमा ३१ जना निजामति कर्मचारीको दरबन्दी रहेकोमा अहिले २१ जना निजामति कर्मचारी कार्यरत रहेका छन् ।  


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुर पब्लिक स्कूलले मनायो १५ औँ वार्षिकोत्सव, गायक कमल खत्रीले झुमाए अभिभावक

  • २०७६ श्रावण २३ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर पब्लिक स्कूलले आफ्नो १५ औँ वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।  शुक्रबार एक समारोहको आयोजना गरी स्कूलले विभिन्न विद्यामा उत्कृष्ट गरेका विद्यार्थीहरुलाई पुरस्कार वितरण

पूरा पढ्नुहोस्

Bureau Menus

} }