धनुषा : एक युवक धानबारीमा मृत फेला !

पोष्टमार्टम रिपोर्ट आएपछि मात्र बताउन सकिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

२०७६ श्रावण २२ बुधबार
बिहान ११:२५ बजे
विनय कुमार यादव


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एका विहानै एक युवक मृत अवस्थामा फेला परेको छ । 


धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ७ पानी टयाँकी भन्ने ठाउँमा एक युवक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार विहानै किसानहरु खेतमा जाँदा ती युवकलाई धानबारीमा मृत देखेपछि प्रहरीलाई खवर गरेको थियो । यद्यपी अहिलेसम्म मृतकको सनाखत भने हुन सकेको छैनन् ।

 

गणेशमान चारनाथ नगरपालिका वडा नं. ६ बस्ने स्थानीय गुमराज उपाध्यायको धानबारीमा मृत अवस्थामा फेला परेको हो । उपाध्यायको वडा नं. गोदार स्थित रहेको पानी टयाँकी नजिक पूर्व पश्चिम राजमार्गदेखि करिब ३० मिटर दक्षिण तर्फ धानबारीमा मृत फेला परेको हो । युवकको मृत्यू कसरी भएको बारे यकिन हुन नसकेको जनाउँदै प्रहरीले मृतकको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याउने तयारी भईरहेको जानकारी दिए । 


मृत्यू कसरी भएको भन्ने बारे अस्पतालको पोष्टमार्टम रिपोर्ट आएपछि मात्र बताउन सकिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेश प्रदेशमा फेरी थपिए तीन नयाँ मन्त्री

  • २०७६ श्रावण २२ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकारको मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् । विहिबार एक समारोहबीच नव नियुक्त मन्त्रीहरुलाई सपथ खुवाइएको हो ।  मन्त्री नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका

पूरा पढ्नुहोस्

Bureau Menus