रहिनन भारतकी चर्चित नेत्री 'सुष्मा स्वराज' 

उनी ३ पटक विधानसभाको चुनाव लडेकी थिइन र जीतेकी पनि थिइन भने उनी ७ पटक साँसद बनेकी थिइन । 

२०७६ श्रावण २२ बुधबार
बिहान ०८:१० बजे
न्यूज ब्यूरो | डेस्क
फाईल तस्विर


न्यूज ब्यूरो, भारत । भारतीय जनता पार्टी (भाजपा) की वरिष्ठ नेतृ सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको हो । 


हृदयघात (हार्ट अटैक) भएपछि उनलाई भारतको एम्स हस्पिटलमा भर्ती गराई पाँच जना बरिष्ठ चिकित्सकहरुको टीमद्धारा उनको उपचारमा लगाइएको थियो । पूर्व विदेशमन्त्री समेत रही सकेकी स्वराज भारत राजनीतिमा महिलामा दिग्गज नेतृको र नेतृत्वको रुपमा साबित भइसकेकी थिइन् । स्वास्थ्य अवस्था बिग्रीएपछि नेतृ स्वराजलाई अस्पतालमा भर्ती गरिएको थियो । 


हृदयघातका कारण मँगलबार राती सवा ११ बजे उनको निधन भएको भारतीय सँचार माध्यमहरुले जनाएको छ । उनलाई एम्स हस्पिटलमा भर्ती गरिएको थियो, जहाँ चिकित्सकहरुको टीमले उनको स्वास्थ्य अवस्थामा निगरानी राखेपनि उनलाई बचाउन भने सकिएनन् । राती सवा ११ बजेको समयमा उनको निधन भएको पुष्टि अस्पतालले गरेको हो । 


विगत लामो समयदेखि विरामी थिइन, उनको किडनी समेत ट्रान्सप्लान्ट भएको थियो । विरामीका कारण पनि उनले २०१९ को चुनाव भने लडिनन् । २०१४ मा सुषमा स्वराजको विदेश मन्त्रालयको प्रभार मिलेको थियो । विजेपीको शासन दौरान सुषमा दिल्लीकी मुख्यमन्त्री (सिएम) समेत बनेकी थिइन । उनी दिल्लीकी पहिलो महिला मुख्यमन्त्री बन्ने गौरव अवसर पाएकी थिइन । 

 

१४ फरबरी १९५२ मा जन्मेकी सुषमा स्वराजको नाम कैयौं किर्तीमान कायम गरिएको छ जसले गर्दा भारत वर्षमा उनलाई स्मरण गरिने छ । सन् १९७७ मा जब उनी २५ वर्षकी थिइन तब भारतकी सबभन्दा कान्छी कैबिनेट मन्त्री बनेकी थिइन । सन् १९७७ देखि १९७९ सम्म समाजिक कल्याण, श्रम र रोजगार जस्तो ८ मन्त्रालय पाएकी थिइन । त्यसपछि २७ बर्षकी उमेरमा उनी जनता पार्टीकी हरियाणा अध्यक्ष बनेकी थिइन । 

 

सुषमा स्वराजको नाममै राष्ट्रिय स्तरको राजनीतिक पार्टीको पहिलो महिला प्रवक्ता हुने गौरव अवसर समेत प्राप्त भएको थियो । यसबाहेक पनि सुषमा स्वराज पहिलो महिला मुख्यमन्त्री, केन्द्रीय कैबिनेट मन्त्री र विपक्षीको महिला नेता पनि थिइन । 

 

इन्दिरा गान्धिपछि सुषमा स्वराज दोस्रो यस्तो महिला थिइन जसले विदेश मन्त्रीको पद सम्हालेकी थिइन । गत ४ दशकमा उनी  ११ पटक चुनाव लडीन र जीतिन पनि , जसको दौरान उनी ३ पटक विधानसभाको चुनाव लडेकी थिइन र जीतेकी पनि थिइन भने उनी ७ पटक साँसद बनेकी थिइन । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७६ श्रावण २२ बुधबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus

} }