• २०७६ भदौ ८ गते, आइतबार
०६:२८ pm

धनुषाको हँसपुर पशुसेवा केन्द्रमा वडाध्यक्षले नै हाने ताला

तालाबन्दी भएपनि उनले कहिलेकाही दिने दर्शनमा पनि हाजिरी बनाउन सक्ने अवस्था अब रहने छैन ।


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाको मातहतमा रहेको पशु सेवा उपचार केन्द्रमा तालाबन्दी गरिएको छ । 

 

अस्पतालमा कार्यरत डाक्टर पाँच महिना देखी महिनाभरिमा एकआध दिन मात्रै आएर हाजिर गरि तलब बुझ्दै गरेको भन्दै त्यसको विरोध गर्दै तालाबन्दी गरेका हुन् । हँसपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष नरेश मण्डलले चिकित्सक कहिलेकाँही मात्र आउने गरेकाले किसानहरू आफ्ना गाई भैंसी लगायत अन्य घरपालुवा जनावर बिरामी पर्दा उपचार गराउन पुगे पनि अस्पतालमा डाक्टर नहुदा प्राइभेट भेटेनरीमा महगो मुल्य तिर्दै उपचार गराउन बाध्य भएको भन्दै तालाबन्दी गरेको बताए । 


"डाक्टरलाई यहा नियुक्ति गरेर पठाएको छ, जसले तलब लिरहेको छ त्यसलाई अफ्ना ड्युटीको समयमा अस्पतालमा बस्नुपर्छ, औषधि छैन् भने सम्बन्धि निकायमा औषधिको माग गरिनुपर्छ । त्यहाँ भएन वडा कार्यलयमा गएर गुनासो गर्न सकिन्छ । यति सहुलियत हुँदाहुँदै पनि हामीलाई जानकारी गराएको छैन्  त्यसैले हामी अस्पतालमा तालाबन्दी गर्न बाध्य भयौं । हाजिर गरेर जागिर जोगाउने घरमै बसेर तलब खाने दिन गए , अब जागिर जोगाउन र तलब खानको लागि काम गरिनुपर्छ ।"- उनले भने । 

 

पशु चिकित्सक अस्पतालमा नआउँदा किसानलाई परेको मर्का बारे नगरपालिकाको प्रशासनमा जानकारी गराएपनि उनको तलब रोक्का गर्ने आश्वसान दिएपनि अहिलेसम्म केही सुधार नभएको गुनासो वडाध्यक्ष मण्डलको थियो । उनले भने,- "नगरपालिकाको प्रशासनीयक तवरबाट पनि कुनै प्रकारको पहल नभएपनि बाध्य भएर भनौं वा कुनै अर्को विकल्प नभएर तालाबन्दी गरेका हौं । तालाबन्दी भएपनि उनले कहिलेकाही दिने दर्शनमा पनि हाजिरी बनाउन सक्ने अवस्था अब रहने छैन ।" 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस