विषालु सर्प, टोकाई, भ्रम र यथार्थ बारे जान्नैपर्ने तथ्य

कहिलेकाहीँ सर्प दुध पिउनुको कारण केहि दिनदेखि सर्पलाई छोपेर राखेको कारणले उनलाई पानी आवश्यक भएकोले दूध खान्छ ।

२०७६ श्रावण २० सोमबार
बिहान ०८:३१ बजे
चन्द्रदेव ठाकुर
साँकेतिक तस्विर मात्र

सर्पको परिचय:-

सर्प घसृने, चिसो रगत र मेरुदण्ड भएको प्राणी हो। खुट्टा नभएको पातलो दुइहाङे ( Forked tip) जिब्रो भएको र बाहिरी कान नभएको प्राणी सर्प हो। सर्पको आखा सधैं खुलेको र स्थिर हुन्छ। सर्पको जिब्रोको प्रयोग आहार निल्नमा हुदैन बरु जिब्रोको प्रयोग लगातार बाहिरी निकालेर बाहिरी कुनै आहार अथवा कुनै खतरा छ कि छैन भन्ने पता लगाउनमा हो। सर्प पानी र जमिन दुबै ठाउँमा पाइने प्राणी हो। मुखको भित्र माथिल्लो बाङ्गाराको ठिक अगाडि एक जोडी विषेश प्रकारका ठुलो दात हुन्छ्न जसलाई फैङग्स ( fangs) भनिन्छ जसको माध्यमबाट टोकेको बेला विष मान्छेको शरीरमा प्रवेश गराउछ्न।

 

टाउकोको दुबै आखाको पछाडि विष ग्रन्थी हुन्छ्न जुन विष नलिले फैङ्ग्ससङ्ग जोडेको हुन्छ र टोकेको बेला सर्पले आफ्नो इच्छाअनुसार फैङसद्वारा ब्यक्तिमा विष प्रवेश गराउन सक्छ्न।सर्प मासाहारी जनावर भएकोले अरु जनावरलाई सिकार गरेर मात्र खान्छ्न। धेरै जसो सर्प अण्डा दिन्छ्न तर केही प्रजातिका सर्प बच्चा पनि जन्माउछ्न। प्रायः बैशाखदेखि भदौसम्म ( गर्मी तथा मनसुन याममा ) सर्पको प्रकोप बढी हुने गर्छ्न। सर्प पृथ्वीमा प्रायः सबै ठाउँमा ( Ireland, Chile, Hawaii, Iceland, New Zealand जस्ता देशबाहेक) पाईन्छ ।

 

पृथ्वीमा लगभग ३४०० भन्दा बढी प्रजातिका सर्पहरु पाइन्छ्न जसमध्ये करिब ४५०-५०० प्रजातिका सर्पहरु विषालु हुन्छ्न र त्यसमध्ये २७० प्रजातिका सर्प टोकेमा मान्छेको ज्यान लिन सक्छ्न। त्यसमध्ये पनि मुख्यतः २५ प्रजातिका सर्पहरु मात्र मान्छेचन्द्रदेव ठाकुर | हेल्थ असिस्टेन्ट, महादेवस्थान स्वास्थ चौकी प्रमुख | म. दे. न. पा. ( ७ , काभ्रे )को मृत्युको लागि जिम्मेवार हुन्छ्न। यी २५ प्रजातिमध्ये पनि अधिकान्श सर्प मानिसको लागि खतरानाक हुँदैन किनकी यिनिहरुको विष धेरै मन्द हुन्छ्न वा मान्छेलाई टोकेमा यति थोरै मात्रामा बीस प्रवेश गराउछ कि त्यो प्राणघाटक हुदैन ।

सबभन्दा बिषालु सर्प अस्ट्रेलियामा पाइन्छन् प्रति बर्ष ३०००सर्प टोकाई हुन्छन तर मृत्यु सबभन्दा कम (०-५) हुन्छ्न। भारतमा करिब १००० प्रजातिका सर्पहरु पाईन्छ्न जसमध्ये मुख्यतः ५ प्रजातिका सर्पहरु मान्छेको लागि प्राणघातक छ्न । भारतमा प्रत्येक बर्ष करिब २ लाख मान्छेलाई सर्पले टोक्ने गर्द्छ्न त्यसमध्ये प्रत्येक बर्ष करिब १५-५०,००० मान्छेको मृत्यु सर्पको टोकाइबाट हुन्छ्न। सबभन्दा बढी सर्पको टोकाई र मृत्यु भारतमै हुन्छ्न। नेपालमा लगभग ८९ प्रजातिका सर्पहरु पाइन्छन् जसमध्ये करिब १७ प्रजातिका सर्पहरु विषालु छ्न तीमध्ये मुख्यतः ३ प्रजातिका सर्पहरु प्राणघातक छ्न जुन मान्छेलाई टोकेमा ज्यान लिन सक्छ्न। नेपालमा बर्सेनि १०-४० हजार मानिसलाई सर्पले टोक्ने गर्द्छ्न जसमध्ये १५-२००० ब्यक्तिलाई विषालु सर्पले टोक्ने गरेको छ र हजारभन्दा बढीको ज्यान जाने गरेको तथ्यांक छ।

सर्प डन्श / सर्पको टोकाई ? सर्प डन्श नेपालमा जनस्वास्थ्य रोगमध्ये उपेक्षित रोग हो। सर्प डन्शलाई गरिब गुरुवाको बिपत्ति पनि भनिन्छ किनकी प्रायः गरिबहरु गाउघर मा बस्ने गर्छ्न र खेती किसान , मजदुरी गर्ने, दाउरा काट्न जङ्गल जाने, राती भुइँमा सुत्ने , धान काट्ने , पराल- दाउरा केलाउने काम गरिबहरु बढी गर्ने भएकोले सर्पडन्शबाट प्रभावित हुने एकदमै सम्भावना हुन्छ्न र सर्पदन्शबाट मृत्यु हुनेमध्ये ८०% अस्पताल नै नपुगिकन मृत्यु हुने गरेको तथ्यांक छ। गर्मी र बर्षा याममा सर्प डन्श बढी तराईतिर हुनेगरेकोले अकालमै मृत्युका एक प्रमुख कारण हो।

 

 

के सबै सर्प विषालु हुन्छन् ?

लगभग ९५% सर्प अविषालु हुन्छ्न। नेपालमा पाइने सर्पहरुमध्ये मुख्यतः ३ प्रजातिका सर्पहरु मात्र विषालु हुन्छ्न। तराईमा पाइने २ प्रजातिका सर्पहरु १) गोमन ( Cobra) र करैत ( Common Krait) छ्न भने पहाड र हिमालमा पाउने मुख्यतः १ प्रजातिका भाइपर ( Viper) सर्प विषालु र प्राणघाटक हुन्छ्न। सर्पको बीस न्युरोटाक्सिन वा हेमोटाक्सिन वा मायोटाक्सिन हुन्छ्न। गोमन र करैतको विष न्युरोटाक्सिन ( Neurotoxin) हुन्छ्न जुन स्नायु प्रणाली ( Nerve System) लाई असर गर्द्छ्न र यसले मुख्यतः श्वासप्रश्वास कृयालाई र मुटुको धड्कनलाई नियन्त्रण गर्ने स्नायुलाई मष्तिकमा प्रभावित गर्द्छ्न जसले गर्दा मान्छेलाई श्वास लिन र निल्नमा अप्ठ्यारो महसुस गराउछ। त्यसैगरी भाइपरको विष हिमोटाक्सिन ( Haemotoxin) हुन्छ्न जुन रक्त संचार प्रणालीलाई नष्ट गर्द्छ्न। यसले रातो रगत कोष ( RBC) लाई नष्ट गरि आन्तरिक रगतस्राव गराउदछ जसले गर्दा मान्छे शक (Shock) मा गई मृत्यु हुनजान्छ। त्यसैगरी समुन्द्री सर्पको बीस मायोटाक्सिन ( Myotoxin) हुन्छ्न जसले मान्सपेशीमा असर गर्द्छ्न।

 

सर्प किन टोक्छ्न?

सर्प सबभन्दा बढी लज्जालु प्रवृत्तिको प्राणी हो त्यसैले प्राकृतिमा रमाउन चाहान्छ्न र मान्छेसँग मुठ्भेड गर्नुभन्दा भाग्न मन पराउछ्न । जसरी सर्प देखेर मानिस डराउछ्न त्यसरी नै आफुभन्दा विशाल शरीर मानिसको भएकोले मानिस देखेर सर्प पनि हामी भन्दा बढी डराउछ्न मुठ्भेड गर्नुको सट्टा आफ्नो ज्यान जोगाएर भाग्न खोज्छ्न तर कहिलेकाही गोमन जस्ता केहि सर्प डराएर मान्छेलाई भगाउनकालागि मुठ्भेड गरे जस्तो गर्छ्न। समान्यत: सर्प कुनै ब्यक्तिलाई त्यतिबेला मात्र टोक्ने गर्द्छ्न जब कुनै ब्यक्तिले सर्पलाई समात्न खोज्छ्न वा मार्न प्रयास गर्छ्न वा जिस्क्याउने प्रयास गर्द्छ्न । तराईमा गर्मी भएकोले शितलको लागि र गरिबीको कारण भुइतिर सुत्दा करैत सर्प राती मुसो , छुचुन्द्रो खोज्दै घरभित्र पसेपछि निन्द्राको बेलामा हात र खुट्टा छ्टपटाएमा सर्पलाई चोट लाग्यो भने डस्छ।तर मान्छेलाई टोक्नु सर्पको प्राथमिकता कहिल्यै हुदैनन् किनकी मान्छे सर्पको आहार होइन बरु उस्को प्रयास मान्छे डराएर उसलाई छोडेर भागोस।

 

ड्राई बाइट ( Dry Bite) / विषरहित वा शुष्क टोकाई भनेको के हो?

बिषालु सर्पले मान्छेलाई टोक्दा आफ्नो विष मान्छेको शरीरमा प्रवेश नगराई पनि टोक्न सक्छ्न यस किसिमको सर्पको टोकाईलाई Dry bite/ विषरहित टोकाई भनिन्छ । लगभग ५०% सर्पको टोकाई आत्मरक्षाका लागि टोकाइ हुन्छ्न जुन विषरहित टोकाई हुन्छ्न अर्थात् Dry bite हुन्छ्न।सर्पले सिकारको शरीरमा विष छोडनु पर्ने हो कि होइन , नियन्त्रण गर्न सक्छ्न।सर्प आफ्नो शिकार बाहेक अरु कतै आफ्नो बीस नष्ट गर्न चाहदैनन् । प्रसिद्ध सर्प विशेषज्ञ रोमुलस विटेकर अनुसार सर्प जति चाहे त्यति मात्रामा विष शरीरमा छोडन सक्छ्न र यो एक प्रकारको एच्छिक प्रक्रिया हो। गोमन सर्पको टोकाइमा ८०% सबभन्दा बढी Dry bite हुन्छ्न।

 

कुन सर्पको कति मात्रा विष प्राणघातक हुन्छन?

विषालु सर्प टोकेमा पनि मान्छेको मृत्युु नहुन सक्छ्न किनकी विष निश्चित मात्रामा टोकेको बेला छोडेमा मात्र प्राणघातक हुन्छ। जस्तै गोमन सर्पले मान्छेलाई टोकेमा गोमनको विष १२ मिलिग्राम मान्छेको शरीरमा प्रवेश गराएपछी मान्छेलाई ज्यान लिन सक्छ्न तर गोमनले एकपटकमा ६० मिलिग्रामसम्म विष छोड्न सक्छ्न। त्यसैगरी करैत सर्पको बिष ६ मिलिग्राम प्राणघातक हुन्छ्न र करैतले एकचोटीमा २०मिलिग्रामसम्म विष छोड्न सक्छ्न। त्यसैगरी भाइपर सर्पको विष १५ मिलिग्राम प्राणघातक हुन्छ्न र यो सर्पले एकचोटीमा ६३मिलिग्रामसम्म विष छोडन सक्छ्न। नोट: करैतभन्दा गोमन बढी मात्रामा विष छोड्ने भएकोले गोमन बढी खतरानाक हो।

 

के सबै विषालु सर्प टोकेमा विष लागेर मृत्यु हुन्छ्न?

हुदैनन् , नेपालमा पाइने मुख्यतः ३ प्रजातिका विषालु सर्प टोकेमा पनि विष नलाग्न सक्छन् किनकी १०० जना मान्छेलाई विषालु सर्पले टोक्दा ५० जनामा मात्र विष छोडेको हुन्छ र टोक्ने बेलामा भाग्ने बाटो भेटाएमा विष नछोडिकन भाग्छ्न किनकि सर्पलाई राम्ररी थाहा छ कि विष नभएमा खाना पचाउन र आहार सिकार गर्न सक्दैन र मानिस सर्पको प्राकृतिक खाना होइन त्यसैले विष खर्च गर्न चाहदैनन् । सर्पको खाना मुसो, भ्यागुतो , छेपारो , किराफट्याङरा हुन सर्प सिकार गर्ने बेलामा विष निकालेर आहारलाई मार्ने गर्द्छ्न।

 

विषालु सर्प टोकेको लक्षणहरु। विषालु सर्प टोकेमा विषको प्रकारको आधारमा लक्षण देखापर्न थाल्छ्न। करैत सर्प प्रायः राती सुतेको बेला टोक्छ्न भने गोमन सर्प प्रायः दिनको समयमा मुख्यतः बिहान र दिउसो को समयमा टोक्ने गर्द्छ। करैत सर्पले टोकेमा बिहान बिहान पेट दुख्नु , आखाको मान्सपेशी पक्षघात हुनु , आखा खोल्न अप्ठ्यारो ( Ptosis) हुनु, र्याल बग्नु, करैत सर्पको दात सानो भएकोले खासै नदुख्नु, मुख खोल्न नसक्नु, निल्न नसक्नु र श्वासप्रश्वास रोकिन गइ उपचार नपाई अन्तमा मृत्युु हुन्छन् । त्यसैगरी गोमन सर्प टोकेमा टोकेको ठाउँमा सुन्निनु ,संक्रमण हुनु, पिप बग्नु, तन्तु नष्ट हुनु, दुख्नु , दुई वटा डसेको चिन्ह देख्नु , टोकेको ठाउँमा रङ परिवर्तन हुनु, आखा खोल्न अप्ठ्यारो हुनु, मुखबाट जिब्रो निकाल्न नसक्नु , निल्न नसक्नु, श्वास फेर्न गाह्रो हुनु, र्याल बग्नु इत्यादि । भाइपर सर्प टोकेमा रगत बग्नु , नाक, कान, आँखा, मुख, पिसाब मार्ग , योनि र गिजाबाट रगत आउनु , बेहोस भइ मृत्यु हुनु |

 

सर्पको टोकाइबाट कसरी बच्ने?

  • १) सर्प प्रायः राती निस्कने गर्छ त्यसकारण राती कतै निस्कनुपर्दा प्रकाश दिने बस्तु , टर्च, लाल्टिन आदि बोकेर मात्र हिड्ने तथा खुट्टामा जुत्ता र लामो कपडा लगाएर हिड्ने ।
  • २)सर्प बस्ने सम्भावित ठाउँहरु जस्तैः परालको थुप्रो , दाउराको चाङ , ढुङ्गा वा इट्टाको थुप्रो कुनाकाप्चा वा प्वालमा चलाउनुपरेमा पहिला लामो लठ्ठीले चलाएर मात्र हातले चलाउनुपर्छ।
  • ३) घरवरपर वा बच्चाहरुले खेल्ने ठाउँमा झार, जङ्गल भए हटाउने र सरसफाइ गर्ने वा जमिनमा रहेका दुलाहरु पुर्ने।
  • ४) सर्पलाई जिस्क्याउनु, समात्न खोज्नु, मार्नु हुदैन। कतिपय सर्प निकै नै रिसाहा हुन्छन् र समान्य रुपमा चलाएअ पनि टोकिहाल्छ।
  • ५) सर्प मरेको जस्तो स्वाङ पार्न सक्छ , त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुदैन बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ ।
  • ६) राती सुत्दा झुलको प्रयोग गर्नुपर्छ किनकि करेत सर्प प्रायः राती मुसो खोज्दै घरभित्र पस्छ मान्छेको तापक्रम मन परेकोले शरीरको एक छेउमा बस्छ र निदाएको बेला हात वा खुट्टा चलाएमा मान्छेलाई टोक्ने गर्द्छ। ७) राती सुत्दा जमिनमुनि सकेसम्म सुत्नु हुदैन ।
  • ८) सर्पको बारेमा केटाकेटीलाई पुर्ण जानकारी दिने र टोकीहालेमा तुरुन्त खबर गर्नु भनी सिकाउनु पर्छ ।
  • ९) सर्पको बढि प्रकोप भएको ठाउँमा सकभर एक्लै हिड्नु हुदैन।
  • १०) सर्प अचानक भेटेमा अगाडितिर नगई बिस्तारै पछाडीतिर जानुपर्छ अनि आफै सर्प भाग्छन।

 

सर्पले टोकेमा के गर्ने?

सबभन्दा पहिला त सबै सर्प बिषालु हुदैनन् नेपालमा करिब ९५% अविषालु सर्प छ्न अर्को कुरा बिषालु सर्प टोके पनि करिब ५०% ब्यक्तिमा मात्र विष छोडेको हुन्छन् साथै टोक्नासाथ ब्यक्तिको मृत्यु पनि हुँदैन । तुरुन्त मृत्यु भएमा बिरामी आतिएर , डराएर हृदयघाट भइ मृत्यु भएको बुझ्नुपर्छ जुन ९५% मृत्युका कारण सर्पदन्शमा देखिन्छन् । त्यसैले निम्न कुरा बाहेक अरु केही नगर्ने।

 

  • १) तनाव कम गर्न बिरामीलाई सान्त्वना दिने ( आत्मविश्वास बढाउने)। यो मुख्य कुरा हो किनभने बिरामी आतिएर डरायो भने मुटुको धड्कनको गति बढ्छ र चाडैं शरीरभरि विष फैलिन्छ र मान्छेको मृत्यु चाडै हुनजान्छ।
  • २) ढिलो विष शरीरमा फैलिने उद्देश्यको लागि टोकेको ठाउँको तल्लो जोर्नीदेखि माथिल्लो जोर्नीसम्मको भागमा २ औला छिर्ने गरी खुकुलो ब्यान्डेज वा ३/४ " चौडा कपडाले बेर्ने र टोकेको भागलाई हल्लिन नदिन काम्रोको प्रयोग गर्ने।
  • ३) यदि कस्सिएको लुगा, गरगहना , घडी छ भने झिक्ने र छिटोभन्दा चिटो नजिकको सर्पदन्श उपचार केन्द्र वा ASV भएको अस्पतालमा पुर्याउने। याद गर्नु:- पहिलो १ घण्टा सर्प टोकाइको लागि सुनौलो समय हो र सर्पदन्शको पुर्ण उपचार सम्भव भएकोले कतै समय खेर नफाली मोटरसाइकल वा एम्बुलेन्समा तुरुन्त अस्पताल पुर्याउनुपर्छ र करिब ८०% ब्यक्तिको मृत्यु अस्पताल नपुगी घरमै अथवा बाटोमै मृत्यु हुने गरेको तथ्यांक भएकोले होशियार हुनु एकदमै जरुरी छ।

 

 

सर्प टोकेमा के गर्नु हुदैन ?

सर्प टोकेमा माथी उल्लेखित टोकेमा के गर्ने बाहेक केही नगर्ने? निम्न कुराहरु गर्नाले झन समस्या निम्त्याउछ।

  • १) सर्प मार्ने, समाउने र खोज्ने प्रयास नगर्ने। (यसो गर्नाले समयको बर्बाद र झन रिसाएको भएकोले टोक्ने बिरामी झन बढ्ने) ।
  • २)ब्यान्डेज धेरै कसेर बाध्नु हुदैन तथा डोरिले टोकेको भागभन्दा माथि कदापि बाध्नुहुदैन यसो गरेमा रक्त सञ्चार रोकिन गइ त्यस भागको तन्तु मरेर ( Necrosis) हुन्छ र हात वा खुट्टा नै काट्नुपर्ने अवस्था आउन सक्छ।
  • ३)धामीझाँक्री , बाबा, तन्त्रमन्त्र, झारपातको प्रयोग, जडिबुटीको प्रयोग , करेन्ट लगाएर बिजुलीको झटका दिने जस्ता काम गर्नेकहाँ कहिल्यै जानुहुदैन समय बर्बाद गरेर ज्यानसमेत जानसक्छ।
  • ४) धारिलो हत्यारले चिर्ने , अङ्ग नै काट्ने , मुखले बीस चुस्ने , रसायनको प्रयोग , कुखुराको मलको प्रयोग जस्ता कार्य गर्नुहुदैन यसो गर्नाले अत्यधिक रक्तस्राव भइ मान्छेको मृत्यु हुनसक्छ र चुस्ने मुखमा घाउ भएमा उसलाई पनि विष लाग्न सक्छ।
  • ५) खाना र पानी समेत दिनुहुँदैन । ६) अबिषालु सर्प टोकेमा पनि अस्पताल नै पुर्याउनु पर्छ किनभने पहिलो कुरा सबैले बिषालु र अविषालु सर्प छुट्टाउन सक्दैन साथै विष २-८ घन्टा सम्ममा फ़ैलिने सक्छ्न र अर्को कुरा अविषालु सर्प टोकेमा पनि संक्रमण गराउन सक्छ्न र त्यसको लागि पनि उपचार नै चाहिन्छ ।

नोट :- एक सर्बेक्षण अनुसार करीब ८०% सर्प टोकाईको बिरामीमा गल्त प्राथमिक उपचार गरेको पाईएको छ।

 

एन्टिस्नेकभेनम ( Anti snake venom) भन्नाले के बुझिन्छ ?

यो एक प्रकारको बिषको प्रतिरोधक इन्जेक्सन हो जुन बिषालु सर्प टोकेको लक्षण देखापरेमा दिइन्छ्न र बिषालु सर्पकै बीस घोडामा प्रवेश गराएर ASV बनाएको हुन्छ्न। यो दुई प्रकारका हुन्छ्न :- मोनाभाइलेन्ट (Monovalent ) र पोलिभाइलेन्ट ( Polyvalent) हुन्छ्न । खास खास सर्पको लागि मोनोभाइलेन्ट र जुनसुकै विषालु सर्पको लागि पोलिभाइलेन्ट अन्टिस्नेकभेनम हुन्छ्न तर नेपालमा पोलिभाइलेन्ट नै उपलब्ध छ्न जुन धेरै महगो हुन्छ्न र नेपालमा नबनेकोले भारतबाट ल्याउने गरेको छ्न तर नेपाल सरकारले सर्पदन्श उपचार केन्द्र र अस्पतालमा निशु:ल्क उपलब्ध गराएका छ्न। बीष छोडेको सर्पको डन्सको उपचार एन्टिस्नेकभेनम मात्र हो त्यसैले तुरुन्त ASV हुने ठाउँमा पुर्याउनुपर्छ।

 

के विषालु सर्पको उपचारमा एन्टिस्नेक्भेनम (ASV) नदिई उपचार सम्भब छ?

कदापि सम्भव छैन । कहिलेकाही हामी सुन्ने गरेका छौ कि धामीझाँक्री,फुकफाक , बाबा , तान्त्रिक , जडिबुटीको प्रयोगले र बिजुलीको करेन्टले सर्प दन्शको उपचार गरेर ठिक भएको छ रे त्यो यथार्थ होइन त्यो ठिक हुनुको कारण अबिषालु सर्पको डसाई हुनसक्छन् किनकी ९५% अविषालु सर्प छ्न वा विषालु सर्प भएपनि विष नछाडेको हुनसक्छन् किनकि ५०% मा विष छोडेको हुदैनन् ।

 

हाम्रो समाजमा केही भ्रमहरु

"सर्प दुख खान्छ रे" र सर्पको दुइटा मुख हुन्छ रे ? सर्प दुध खादैन किनकि पहिलो कुरा त सर्प मासाहारी प्राणी हो र अर्को कुरा दुधमा भिटामिन D र क्याल्सियम पाइन्छन् ।सर्प हाड नभएको प्राणी भएकोले भिटामिन D र क्याल्सियम पचाउन सक्दैन्न । कहिलेकाहीँ सर्प दुध पिउनुको कारण केहि दिनदेखि सर्पलाई छोपेर राखेको कारणले उनलाई पानी आवश्यक भएकोले दूध खान्छ । संसारमा कुनै सर्पको दुइटा मुख हुदैनन् ।

मुख जस्तै पुच्छर हुनसक्छन् तर मुख एउटै हुन्छ्। सर्प बिनबाजाको आवाज सुनेर नाच्छन रे ? सबभन्दा पहिला त सर्पको बाहिरी कुनै कान नै हुदैनन् बरु धमक र अनुभवको अधारमा बाजा नजिक छुने प्रयास गर्दा बचाउको लागि गोमन जस्ता सर्पले आफ्नो फ्यान फैलाएर फुफकार्छ।इच्छाधारी सर्प अथवा पन्च नाग अथवा धनी बनाउने सर्प हुन्छ रे? यो पृथ्वीमा कतै कुनै ठाउँमा त्यस्तो सर्प फेला परेको छैन । त्यो कथामा मात्र सिमित रहेको छ। फिल्म / सिरियलमा मात्र हेर्न सकिन्छ तर कुनै बास्तविकता छैन।

 

चन्द्रदेव ठाकुर

हेल्थ असिस्टेन्ट

महादेवस्थान स्वास्थ चौकी प्रमुख

म. दे. न. पा. -७ , काभ्रे ।

 

  • 23%
  • 0%
  • 31%
  • 23%
  • 0%
  • 0%

मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित

  • २०७६ श्रावण २० सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus