• २०७६ भदौ ८ गते, आइतबार
०५:४८ pm

चर्को आवाजमा गाना बजाए बम र गोलीले उडाईदिने धम्की !

त्यसलाई नजरअन्दाज गरिएकोले अब जारी गरिएको निर्देशनलाई नजरअन्दाज गरिए त्यसको गम्भिर परिणाम भोग्नुपर्नेछ ।

Representative Image : साँकेतिक तथा फाईल तस्विर | Source : scroll.in


न्यूज ब्यूरो, पाकिस्तान । इमरान खान सरकार उपरको रिस आतंकवादी संगठन तालिवानले जनतासँग लिने धम्की दिएका छन् ।

 

पाकिस्तानका जनताहरु अहिले भिषण आर्थिक संकटबाट गुज्रीरहेको अवस्थामा इमरान खान नेतृत्वको सरकार माथि तालिवानीले रिस पोखेका छन् । यसैबीच, पाकिस्तानी जनतालाई त्यहाँको तालिवानले यस्तो फरमान सुनाएका छन् जसको कारण उनीहरुको जीवन कष्टकर र त्रासमय भएको छ । तालिवानले चर्को स्वरमा गीत बजाए तथा बच्चाहरुलाई पोलियोको औषधीबाट टाढै राख्न चेतावनी दिँदै त्यस्तो नगरे ज्यान मार्ने धम्की दिएका हुन् ।


पाकिस्तानको डोन पत्रिकाको अनुसार देशमा प्रतबन्धित तहरिक ए तालिवानले उत्तरी बजीरिस्तानको मीरामशाह मुख्यालायमा एक पर्चा टाँस्दै चेतावनी दिएका छन् । उर्दु भाषामा लेखिएको चेतावनी पत्रमा भनिएको छ, - "महिलाहरु एक्लै घर बाहिर निस्कन पाउने छैन र उनको साथ एक पुरुष हुन जरुरी छ । त्यसपछि पर्चीमा डिजेको प्रयोग कोही पनि गर्न पाउने छैन, न त घर भित्र न घर बाहिर  न की सार्वनिक स्थलमा, र जो कोही पनि यसलाई नजरअन्दाज गर्छ उसले भारी र गम्भिर परिणाम भोग्नुपर्छ । पर्चामा सर्वसाधारणले कम्प्युटर वा पसलमा पनि तेज आवाजमा सँगीत सुन्न नपाउने चेतावनी दिएको छ । भनिएको छ , यस्तो निर्देशन नमान्नेलाई उडाई दिइनेछ ।" 

 

यसका साथै,  पाकिस्तानमा प्रतिबन्धित यो संगठनले पाकिस्तानी नागरिकलाई धम्की दिँदै यस्तो चेतावनी तालिवानको तर्फबाट यसअघि पनि जारी गरिएको उल्लेख गर्दै त्यसलाई नजरअन्दाज गरिएकोले अब जारी गरिएको निर्देशनलाई नजरअन्दाज गरिए त्यसको गम्भिर परिणाम भोग्नुपर्नेछ । यस धम्कीपछि पाकिस्तानमा डरको माहौल बनेको छ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस