• २०७६ भदौ ८ गते, आइतबार
०५:०५ pm

महोत्तरी : एकको लास उँखु खेतमा भने दोस्रो पूलमा !

विहिबार (आज) विहान खेतमा काम गर्न गएका बेला गाउँलेहरुले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।


न्यूज ब्यूरो, जलेश्वर ।   महोत्तरीमा आज दुइ जना युवकको शव फेला परेको छ ।


जिल्लाको मनरा सिस्वा नगरपालिका २ इटहर्वाको नेपाल भारत दशगजा क्षेत्र भन्दा करिब ६० मिटर भित्र अन्दाजि  ३० ३२ बर्षिय युवकको शव फेला परेको छ । उखु खेतमा फेला परेको युवकको  निधार र टाउको मा धारिलो हत्यार प्रहार गरि हत्या गरिएको अवस्थामा युवकको शव फेला परेको छ ।

 

 आज विहान खेतमा काम गर्न गएका बेला गाउँलेहरुले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । यता जिल्लाको सदरमुकाम जलेशवरमा पनि एक जना युवाको शव फेला परेको छ । जिल्लाको जलेशवर नगरपालिका ६ को रामदत साहको २५ बर्षिय छोरा सरोज साहको छोटका दवौली को रातो पुल निर पानिमा शव फेला परेको महोत्तरी प्रहरी ले जनाएको छ । 

 

मृतक साहको शरिरमा कुनै दाग नदेखिएको र शव पोस्टमार्टमका लगि जिल्ला अस्पताल जलेशवर पठाइएको छ , भने घटना समबन्धि आवशवयक अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरिक्षक माधब प्रसाद बुढाथोकीले जानकारी दिए ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस