• २०७६ भदौ ८ गते, आइतबार
०५:३५ pm

बाढी पीडितलाई वडाध्यक्ष सहनीको राहत


न्यूज ब्यूरो, रौतहट । अबिरल बर्षाका कारण गएको विनाशकारी बाढीबाट पीडित भएका परिवारलाई राहत वितरण गरिएको छ । 


रौतहटको गरुडा नगरपालिका वडा नं. २ स्थित गेडही गुठीमा मँगलबार नेपाल भारत मैत्री समाजका संयोजनमा  वडाध्यक्ष  बिशुन्देव सहनीद्वारा बाढी पीडित परिवारलाई राहत वितरण गरिएको हो ।  विगत लामो समयदेखि अविरल वर्षाका कारण गेडही गुठीमा अनुगमन गर्दा गेडही  गुठीका व्यक्तिहरुलाई ठूलै क्षति भएको  भन्दै वडाध्यक्ष सहनीले राहत वितरण गरेका हुन् ।

 

 सो  वडाका वडा  सदस्य दिनेश ठाकुर साथै गेडही गुठीको मावि स्कूलका व्यबस्थापक समितिका अध्यक्ष हरिलाल सहनी र समाजसेवी मनोज सहनी, नेता रामवीर सहनी, राष्ट्रीय कलाकार गायक रञ्जित कुमार सहनी र हिन्दू सांस्कृतिक परिषद् रौतहट जिल्ला अध्यक्ष र कलाकार गायक प्रमोद पिया समेतको लगायत उपस्थितमा राहत वितरण गरिएको थियो । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस