• २०७६ मङ्सिर ७ गते, शनिबार



जानकी मन्दिरमा रोक  !

प्रदेश नं. २ का सरकारले सौन्दर्यीकरण भन्दै बेग्ले नक्सा र बनाबट समेत पास गरी कार्य सँचालन गरेको थियो ।


न्यूज ब्यूरो, जनकपुरधाम । जानकी मन्दिरमा भईरहेको मर्मत सम्भार कार्यमा पुरातत्व विभागले रोक लगाएको छ । 

मन्दिरले बोकेको इतिहास र पौराणिक मौलिकता एवम् बनाबट उपर असर पर्ने गरी मर्मत सम्भार कार्य गरेको भन्दै विभागले मर्मत सम्भार तथा सौन्दर्यीकरणमा रोक लगाएको हो । जानकी मन्दिर मर्मत सम्भारको लागि प्रदेश नं. २ का सरकारले सौन्दर्यीकरण भन्दै बेग्ले नक्सा र बनाबट समेत पास गरी कार्य सँचालन गरेको थियो । मर्मत सम्भारको क्रममा जानकी मन्दिरको बनाबटमा गम्भिर असर परेको भन्दै मौलिकता हराउने डरले काम रोकिएको हो । 


नेपाल सरकारको मातहतमा रहेको पुरातत्व विभागका पदाधिकारीहरुका अनुसार विभागको स्वीकृती बिना नै मन्दिरभित्र सौन्दर्यीकरणको नाममा मर्मत सम्भार कार्यहरु भईरहेकोले त्यस्ता कार्य गर्नबाट तत्कालै रोक लगाइएको हो । पुरातत्व विभाग, काठमाडौबाट जानकी मन्दिरको पुरातत्व सम्बन्धी फोकल पर्सनको रुपमा कार्यरत पुरातत्व अधिकृत मन्जु सिहं भण्डारीले जानकी मन्दिरको प्रांगण भित्र भइरहेको भवन निर्माणको कार्य समेत रोक्न अनौपचारिक जानकारी गराएकी हुन् ।

 

पुरातत्व विभागको औपचारिक पत्र सोमबारसम्म जानकी मन्दिर, जनकपुरधाम उप महानगरपालिका, प्रदेश २, मुख्य मन्त्री तथा मन्त्रि परिषदको कार्यालयमा पत्र समेत पुगिसक्ने जनाउँदै उनले अनौपचारिक जानकारीबाट मौलिकता हराउने गरी सौन्दर्यीकरणको नाममा भईरहेको मर्मत सम्भार कार्य तत्काल रोक्नुपर्ने बताइन् ।

 

प्रदेश नं. २ का सरकारले जानकी मन्दिरको सौयन्दर्यीकरणको लागि बजेट विनियोजन गर्दै आधुनिकता प्रदान सहित चरणगँगा निर्माण, मार्बल लगाउने जस्ता कार्यहरु गर्ने भनिएपनि तर अहिले आएर पुरातत्व विभागको स्वीकृती विपरीत जानकी मन्दिरको मौलिकता तथा संरचनालाई नै संकटमा पार्ने गरीे मन्दिर परिसर भित्र भवन निर्माण कार्यको थालनी भएको छ । जानकी मन्दिर भित्रको छत माथि ६ वटा शक्तिशालि ड्रिलको प्रयोग गरेर मन्दिरको संरचनालाई क्षति पुग्ने गरी तोडफोडको कार्य पनि भईरहेकोले मौलिकता हराउने त्रास उत्तिकै बढेपछि विभागको ध्यानाकर्षण भएको हो । 

 

पुरातत्व विभागको विश्व सम्पदा संरक्षण शाखाका प्रमुख सुरेश सरस श्रेष्ठ, पुरातत्व अधिकृत सुभद्रा भट्टराई, देवेन्द्र भटराई, योजना शाखाको पुरातत्व अधिकृत मन्जु सिंह र भोरको अध्यक्ष राज कुमार महतो लगायतको सँयुक्त सहभागीतामा बसेको बैठकबाट मर्मत सम्भार कार्यमा रोक लगाउने निर्णय गरिएको हो ।  बैठकको छलफलको आधारमा जानकी मन्दिरको परिसर भित्र भई रहेको भवन निर्माण कार्य तुरुन्तै रोक्न निर्देशन दिएको भोरका अध्यक्ष महतोले जनाए । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...