• २०७६ भदौ ८ गते, आइतबार
०५:४६ pm

विश्व प्रसिद्ध 'जानकी मन्दिर' को मौलिकता हराउने त्रास !

प्राविधिकहरुले त्यो मन्दिरका लागि चाहिने गुणस्तरीय नरहेको बताउँदै आएका छन् ।

फाईल तस्विर


न्यूज ब्यूरो, जनकपुरधाम । विश्व प्रसिद्ध जनकपुरको जानकी मन्दिरको अवस्था अहिले जोखिममा परेको छ । 


आस्थाको प्रमुख केन्द्रहरु मध्ये एक रहेको जानकी मन्दिरको सौन्दर्यीकरणका लागि प्रदेश सरकारले थालेको कामबाट मन्दिरको मौलिकता समाप्त हुने संभावना बढेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बताए । प्रदेश सरकारले ‘कुन मापदण्ड अनुसार कस्तो कार्य गरिरहेको बारे मन्दिरलाई कुनै जानकारी समेत नरहेको महन्थ दासले जनाए । 

 

मन्दिरको बाहिरी परिसरमा भइरहेको मार्वल लगाउने कार्य जानकी मन्दिरको अनुकुल नरहेको गुनासा आएको बताउँदै महन्थ दासले बाहिरबाट पनि जानकी मन्दिरको मौलिकता अनुरुप कुनै कार्य भइनरहेको जस्ता गुनासाहरु आएको बताए ।  मन्दिरको दक्षिण तर्फको छाना चर्किएर चुहिन थालेको छ भने रेसाउने मात्र छत मन्दिर परिसरमा हुने निर्माण कम्पनले चर्किएको बताइएको छ । 


प्रदेश सरकारले गत वर्ष मन्दिरको सौन्दर्यीकरणका लागि करिब ८ करोडमा ठेक्का लगाएको थियो ।बाहिरी परिसरको करिब साढे ६४ हजार वर्गफिट क्षेत्रफल र भित्री परिसरको करिब ५ हजार वर्गफिटमा मार्वल लगाउने कार्य भइरहेकोछ । प्राविधिकहरुले त्यो मन्दिरका लागि चाहिने गुणस्तरीय नरहेको बताउँदै आएका छन् ।


‘मन्दिरको पानी बग्नका लागि जमिन मुनी जडान गरिएको ह्युमपाइपबाट पानी पनि बग्न नसकेको जनाउँदै थोरै वर्षामा पनि पाइपबाट पानी नबगेर उत्तरी र पूर्वी ढोकामा फुटाएर पानी बग्न थालेको जानकारी दिए ।  मन्दिरको सौन्दर्यीकरण गर्ने नाउँमा भइरहेको कमसल कामले विश्वसम्पदा सुचीमा राख्ने अभियानपनि विफल हुने उनको चिन्ता समेत बढेको छ । 


विश्व सम्पदा सुचीमा राख्न पुरातत्व र मौलिक संरचना आवश्यक रहेको बताउँदै आधुनिकीकरणको नाउँमा मन्दिरको मौलिक संरचना हराउन थालेको दाबी महन्थ दासको छ ।  मन्दिरमा भइरहेका कार्यको सम्बन्धित सबै पक्षले तत्काल ध्यानदिनुपर्नेमा जोडदिदै उनले भने, - "जानकी मन्दिर जोखिममा परेको छ । मन्दिरमा काम गरिरहेको ठेकदारले मनपरी ढंगले कमजोर कार्य गरिरहेको आरोप लगाउँदै कार्यको नियमन गर्ने निकाय समेत आफ्नो सम्पर्कमा नरहेको महन्थ दासले खुलाए ।"

 

मन्दिरको छानामा आधा दर्जन ठूलो ड्रिलले एकैसाथ कामगर्दा त्यसको कम्पनले पुरै मन्दिर हल्लिएको देखिन्छ || जनकपुरटुडेको सहयोगमा 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस