• २०७६ मङ्सिर ५ गते, बिहीबार



'कमलाको कहर रोक्न हामी आफैं पनि सक्षम छौं' : मेयर बरबरिया 

धनुषा तर्फको मात्र नभई सिरहा जिल्ला तर्फको स्थानीय सरकारले पनि साथ दिए गरेर देखाउने ठोकुवा गरे । 


न्यूज ब्यूरो, जनकपुरधाम । अबिरल बर्षाका कारण धनुषा र सिरहाको सीमाको रुपमा रहेको कमला नदीले पार्ने प्रतिकुल प्रभावलाई आफैं पनि न्यून र रोक्न सक्ने क्षमता रहेको औल्याएका छन् ।

 

धनुषाको कमला नगरपालिका वडा नं. ६ चुम्का चौकमा आयोजना गरिएको एक जागरण अभियानको क्रममा बोल्दै मेयर बरबरियाले कमला नदीको कहर रोक्नको लागि केन्द्र सरकार भन्दा पनि स्थानीय सरकार सक्रियता देखाए सक्षमता प्रदर्शन गर्न सकिने बताए । प्रत्येक वर्ष कमलाको बाढीले हुने धनमालको क्षतिलाई न्यून एवम् रोक्नको लागि कमला छेउका स्थानीय सरकारले समन्वय गरे आफैं सक्षम हो भनेर देखाउन सकिने औल्याएं । 


केन्द्र सरकारको मुखाताकीमा प्रत्येक वर्ष कमलाको कहरले कमला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र शहिदनगर नगरपालिकाको केही जनता प्रतिकूल असरको शिकार हुँदै आएको बताउँदै मेयर बरबरियाले कमलाको छर्कीलाई मजबुती दिन सके पनि प्रभाव न्यूनिकरण हुने विश्वास प्रकट गरे । कमला बचाउ अभियानको साप्ताहिक कार्यक्रम अन्तर्गत कमला नदीको छेउमै रहेको चुम्काचोकमा जागरण कार्यक्रमलाई विशेष अतिथिको आसनबाट सम्बोधन गर्दै उनले धनुषा तर्फको मात्र नभई सिरहा जिल्ला तर्फको स्थानीय सरकारले पनि साथ दिए गरेर देखाउने ठोकुवा गरे । 


उनले भने, - "हामी केन्द्र सरकारकै आसमा बस्यो भने यहाँको जनताले सुखशान्तीको कुनै तुक छैन, एकातर्फ चुरे विनासको कारण कमला नदीमा बाढी आएर कमला छेउका सवसाधारणहरुको, किसानहरुको बालीनाली नष्ट सहित तरकारी खेती मात्र नभई मानवीय क्षति सम्म समेत गर्ने गरेको कसैबाट लुकेको छैन । अस्ती नै कमला नदीमा आएको बाढीमा फँसेर तनाव भएको थियो, हाम्रो टोलीले उनीहरुलाई उद्धार गरी ज्यान त जोगाए तर हरेक समय एकै खाले समय हुँदैन, जबसम्म दिर्घकालिन उपाय सोचिदैन, तबसम्म कमलाको संरक्षण सहित आसपासका गाउँ टोलको संरक्षण पनि हुदैन ।" 


कमला बचाउ अभियानीहरुलाई उनको जिम्मेवारी बोध गराउँदै कमला बचाउ अभियानको लागि नगरपालिकाबाटै बजेट विनियोजन गरिदिएको पनि सुनाए । कमला संरक्षणको लागि यसको प्रचार प्रसार आवश्यक रहेको भन्दै उनले यसको लागि सबैले आ आफ्नो तवरबाट सहयोग गर्नुपर्ने बताए । कमला नदीको छेउमा वृक्षारोपण गरी प्रभावलाई कम गर्न सकिने उनले बताए । 


"कमलाको छेउमा बाँसको विरुवा प्रयाप्त लगाउन सक्नुपर्छ , अन्य विरुवाहरु पनि लगाउन सके केही प्रभाव हुन्छ जसले गर्दा आसपासका क्षेत्रहरु सुरक्षित रहन्छ । म धनुषा तर्फबाट मात्र होईन की सिरहा जिल्लाको कमला छेउमा पर्ने विभिन्न पालिकाहरुसँग समन्वय गरेर यसको प्रतिकूल प्रभावलाई न्यून गर्न पहल थालेको छु ।"- उनले भने । 


अभियानीहरुको अभियानलाई कदर गर्दै उनले अभियानमा लागेपछि कुनै राजनीतिक दलको नजरियाबाट नभई समाजिक रुपको दृष्टिकोण राख्न आग्रह गरे । विशुद्ध रुपले समाजसेवामा आधारित रहेर एक मात्र अभियानीको रुपमा उभिन सके लक्ष्य प्राप्तीको लागि अवरोध र समस्या पनि न्यून हुने उनले बताए । केन्द्रबाट आएका केन्द्रीय नेताहरुले समेत अवलोकनमा आएको जनाउँदै उनले यहाँबाट तथ्याँक संकलन गरी केन्द्र सरकार समक्ष राखेर यसको उपाय बारे एक निष्कर्ष दिने बताए । 


कमला नदी बचाउ र कमला नदीबाट उत्पन्न हुने समस्यालाई जडैदेखि उखेल्न समय लाग्ने भएपनि असम्भव नै नरहेको बताउँदै उनले धनुषा र सिरहाका विभिन्न स्थानीय सरकारको सहयोगमा यसको लागि अग्रसर भएको उनले जनाए । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...