• २०७६ भदौ ८ गते, आइतबार
०६:३० pm

जनकपुरकै गायक रुद्रसेन र ज्योति मगरको जुगलबन्दीमा 'कानो में अहाँके झुमका' 

म्युजिक भिडियोमा गायक तथा मोडल रुद्रसेन बिश्वकर्मा र रिचा थापालाइ फिचर्ड गरिएको छ ।


न्यूज ब्यूरो, जनकपुरधाम ।  जनकपुरकै चर्चित गायक रुद्रसेन विश्वकर्माको गीति भिडियो युटुबमा रिलिज गरिएको छ । 


दर्जनौ गीति एल्बममा आफ्नो स्वर सजाएका गायक रुद्रसेन विश्वकर्मासँग प्रसिद्ध गायिका ज्योति मगरले पनि "कानो में अहाँक झुमका" मा गुनगुनाएकी छन् ।  मैथिली भाषाको यो गीतमा दुवै जनाको दमदार प्रस्तुति पनि रहेको छ । शुक्रबार रिलिज गरिएको उक्त गीति भिडियोमा गायक विश्वकर्माले विशेष प्रस्तुति समेत दिएका छन् । 


यसअघि पनि दर्जनौं नेपाली,  भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिईसकेका भर्सटायल गायक विश्वकर्मा र नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका एवम् मोडेल ज्योति मगरको स्वरमा रहेको दिवानी एल्बमबाट मैथिली गित काानोमे आँहाके झुम्का समाजिक सञ्जाल युटुब मार्फत रिलिज गरिएको छ । 

 

 

आरजे म्युजिक प्रोडक्सन य़ुट्युब च्यानल मार्फत उक्त गीतलाई सार्वजनकीकरण गरिएको हो । शब्द तथा संगीत गायक रुद्रसेनको नै रहेको यस गीतलाई बिशाल निरौलाले एरेन्ज गरेका छन् । छायाँकार दिपक गिरीले छायांकन गरेको भिडियोलाई प्रदिप कुमार रसाइलीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । 

 

म्युजिक भिडियोमा गायक तथा मोडल रुद्रसेन बिश्वकर्मा र रिचा थापालाइ फिचर्ड गरिएको छ । सार्बजनिक भिडियोलाई  निर कुमारी बिश्वकर्माले निर्माण गरेकी हुन् । केही वर्ष अघि मात्र विश्वकर्माकै सिँगो एल्बम मनको राजा बजारमा निकै चर्चित बनेको थियो । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस