• २०७६ भदौ ८ गते, आइतबार
०५:०० pm

सप्तरीको बाढी पिडितलाई राहत सामग्री हस्तान्तरण

सो अवसरमा संस्थाका द्धितिय उपाध्यक्ष सन्तोष गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो ।  


न्यूज ब्यूरो, काठमाडौं । आप्सा नेपालद्धारा सप्तरीका बढी पिडितलाई राहत सामाग्री हस्तान्तरण गरेका छन् ।  केही दिनदेख लगातार भएको बर्षाले प्रदेश २ लगायतका स्थानमा भिषण बाढी पहिरोमा परी लाखौं जनताको जीवन कष्टकर बनेको अवस्थामा राहत प्रदान गरिएको हो । 

 

आप्सा नेपालद्धारा लगभग १ लाख ५० हजार बराबरको राहत सामग्री पत्रकार तथा समाजसेवी अनन्त अनुरागलाई हस्तान्तरण गरेका हुन । शुक्रवार एक पत्रकार सम्मेलन गरी सो संस्थामा अध्यक्ष लोकेश कुमार मानन्धर र संस्थाका बरिष्ठ सल्लाहकार प्रदिपमान प्रधानको हातबाट हस्तान्तरण गरेका हुन ।

 

सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाँउपालिकाका बाढीले सबैभन्दा बढी पिडित भएको हुनाले सो राहत सामग्री सोही गाँउपालिकालाई तोकेर यो राहत प्रदान गरिएको संस्थाका अध्यक्ष लोकेश कुमार मानन्धरले बताउनुभयो । 

 

त्यस्तै संस्थाका बरिष्ठ सल्लाहकार प्रदिपमान प्रधानले मुलुकमा गएको बाढी पहिराको चपेटामा पर्नु भएका जनताको घाउमा यो सानो मलहम लगाउने प्रयास भएको भन्दै यसका लागि संस्थाका सदस्यले गरेको योगदानको प्रशंसा गर्नुभयो । 

 

संस्थाका महासचिव निर्मल भटट्राईले अगामी दिनमा यस्ता सामाजिक कार्यका लागि संस्थाबाट योगदान दिन तयार रहेको प्रतिबद्धता जनाउँदै छोटो समयमा राहत सामग्री उठाउन सहयोग गरेका सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । सो अवसरमा संस्थाका द्धितिय उपाध्यक्ष सन्तोष गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो ।  


सो अवसरमा पत्रकार अनन्त अनुरागले तपाईहरुले प्रदान गर्नुभएको यो सहयोग पिडितहरुको घरमा पुरयाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  सो अवसरमा राहत सामग्री खरिदमा आर्थिक सहयोग गरेका संस्थाका सदस्यहरुलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो । 

 

एसिया प्यासिफिक सेक्युरिटी एसोसिएसन ९आप्सा नेपाल, नेपाल च्यापटर० सूचना प्रविधि तथा सुरक्षा सम्बन्धी उपकरण विक्री वितरण गरी सेवा प्रदान गर्दै आएको उधमीहरुको हकहितका लागि स्थापित भएको गैर नाफा मुलक संस्था हो ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस