• २०७६ भदौ ८ गते, आइतबार
०५:४३ pm

अब लहानको सप्तऋषि अस्पतालमा पनि सीटि स्क्यान, कुन कुन सेवासुविधा थपियो ?

सबै वर्गका बिरामीहरुलाई सहजता प्रदान गर्न तथा अस्पताललाई अझ प्राविधिक र सुविधायुक्त बनाउन सेवा सुविधा विस्तार गरिएको अस्पतालले जनाएको छ ।

न्यूज ब्यूरो, सिरहा । विगत लामो समयदेखि सर्वसाधारणलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएका सिरहाकै प्रमुख बजार लहानको सप्तऋषि अस्पतालले थप सेवा सुविधा विस्तार गरेको छ । 

 

सर्वसाधारणको स्वास्थ्यको महत्त्वलाई दृष्टिगत गर्दै अस्पतालले दशबढी सेवासुविधा प्रदान गर्दै आएकामा थप ८ वटा नयाँ सेवा थपेर आफ्नो सेवासुविधालाई विस्तार गरेको हो । अस्पतालले एनआईसीयू, हाई केयर यूनिट, सीटि स्क्यान, पेयिङ वार्ड, ट्रेनिङ, ईन्टर्नशीप, सीएमई र वर्कशप लगायत आठ वटा सेवा थप गरेको हो ।

 

यसअघि अस्पतालले ईमेर्जेन्सी, डेलिभरी, अप्रेशन, फार्मेसी, ल्यावोरेटरी, भिडियो एक्सरे, फिजियोथेराफी, डिजिटल एक्सरे, आउट एण्ड ईन प्यासेन्ट सर्भिस, क्याविन लगायतका सेवा प्रदान गर्दै आएको थियो । विगतका दिनहरुमा प्रदान गरिँदै आएको सेवा सेविधाले सबै बिरामीलाई धान्न नसकेर बाहिर रिफर गर्नुपर्ने बाध्यतालाई हटाउन थप सेवा सुविधा विस्तार गरेको अस्पतालका अध्यक्ष डा. पशुपति चौधरीले जनाए ।

 

अस्पतालले बिरामीहरुको लागि विभिन्न सेवाहरुमा विशेष छुटको व्यवस्था समेत गरेको छ । ओपिडी सेवाका विरामीलाई अस्पतालले अबदेखि साताको प्रत्येक बुधबार ५० प्रतिशत छुट दिने भएको छ भने १४ वर्षभन्दा कम उमेरका विद्यार्थीलाई प्रत्येक दिन ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै, अस्पतालले हरेक महिनाको अन्तिम बुधबार निःशुल्क जाँच शिविर गर्ने बताएको छ । 

 

सीटि स्क्यान सेवाको अवश्यकता पूर्ति गर्न ल्याइएको सीटि स्क्यानमा पनि अस्पतालले विशेष छुट दिएको छ । अन्य ठाउँमा सीटि स्क्यानको ६३ सयबढी लिँदै आएकोमा यो अस्पतालले भने मात्र ५५ सयमै सेवा दिने जनाएको छ । सबै वर्गका बिरामीहरुलाई सहजता प्रदान गर्न तथा अस्पताललाई अझ प्राविधिक र सुविधायुक्त बनाउन सेवा सुविधा विस्तार गरिएको अस्पतालले जनाएको छ । 

 

अस्पतालमा सेवा सुविधा थप भएसँगै सबैै प्रकारका बिरामीको सहजै उपचार हुने तथा बाहिर जानुुपर्ने बाध्यता नहुने अस्पतालका मेसु सुभाष बाबु साहले विश्वास लिए । अब यस अस्पतालले विगतका भन्दा अझ उत्कृष्ट सेवा दिन सक्षम भएको उनले थपे ।
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव

(ब्यूरो प्रमुख)

प्रदेश नं. २, सिरहा – नेपाल

“बिनय यादव” न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनिधि सहित ब्यूरो प्रमुख समेत हुन् । उहाँ प्रदेश २ लगायत देशभरिकै समसामयिक र सरोकारगत समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ । Email : [email protected] । उहाँलाई समाजिक सञ्जाल फेसबूक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस