सखुवा बजार लगाउन यूवा क्लब र विद्यालयबीच विवाद, तरकारी बजार खोस्न दिन्नौं : क्लब

बजार हड्पने कोशिस गरिए विकल्पमा उत्रिन बाध्य हुने चेतावनी दिएका हुन् ।

२०७६ श्रावण ३ शुक्रबार
बेलुकी ५:४६ बजे
बिनय कुमार यादव, धनुषा

न्यूज ब्यूरो, धनुषा । धनुषाकै प्रख्यात मानिएको सखुवामा लाग्दै आएको बजार लगाउने विषयमा विवाद चुलिएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ स्थित लामो समयदेखि लाग्दै आएको बजार लगाउने विषयमा स्थानीय स्वस्थानी यूवा क्लब र क्षीरेश्वर जनता माविबीच विवाद चुलिएको हो ।

 

सखुवा बजारस्थित साताको प्रत्येक मंगलबार र शनिबार यूवा क्लब र विद्यालयले हाटबजार लगाउँदै आएको छ । उक्त बजारमा लाग्दै आएको विभिन्न बस्तु खरिद विक्रीको बजार मध्ये यूवा क्लबले लगाउँदै आएको ‘तरकारी बजार’ विद्यालयले खोस्न खोजेपछि यूवा क्लबका यूवाहरु एक्सनमा उत्रेका हुन् ।

 

विद्यालयले पशु बजार, माछा लगायतका बजार लगाउँदै आएकोमा तरकारी बजारलाई पनि ठेक्काको लागि बोलपत्र आह्वान गरेपछि क्लबले यस्तो कुनैपनि हालातमा हुन नदिने चेतावनी दिएका छन् । क्षीरेश्वर माविका प्रधानाध्यापक बाबुसाहेब यादवद्धारा हस्ताक्षरित पत्र मार्फत् सखुवा गुद्री बजार अन्तर्गतको तरकारी बजारमा बट्टी उठाउनका लागि ठेक्का लगाउनुपर्ने भएकाले बोलडाक आह्वान गरिएको भनी सूचना प्रकाशित गरिएको छ ।

 

यूवा क्लबले लगाउँदै आएको बजार ठेक्का लगाउन विद्यालयले सूचना प्रकाशित गरेपछि क्लबले समाज समक्ष भेला गरी बजारको संरक्षण गर्ने र कसैलाई खोस्न नदिने प्रण गरेका छन् । क्लबका अध्यक्ष जीतेन्द्र कुमार रायको अध्यक्षतामा आज (शुक्रबार) बसेको बैठकले यस्तो निर्णय गर्दै बजार हड्पने कोशिस गरिए विकल्पमा उत्रिन बाध्य हुने चेतावनी दिएका हुन् ।

 

कल्बका अध्यक्ष जीतेन्द्र कुमार राय, उपाध्यक्ष प्रमेश्वर यादव, सचिव राफी प्रसाद जयसवाल, कोषाध्यक्ष विनोद कुमार गुप्ता, स्थानीय अनिल चौधरी लगायत जनप्रतिनिधि मानबहादुर श्रेष्ठ समेतको उपस्थितिमा आज बसेको बैठकबाट बजार कसैलाई खोस्न नदिई संरक्षण गर्ने र क्लबले बजार ठेक्का दिएको ठेकेदारलाई पैठारी बट्टी उठाउन शान्ति सुरक्षा प्रदान गर्ने निर्णय गरेको छ ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'अपन नेपाल' - कविता

  • २०७६ श्रावण ३ शुक्रबार
  • राज कुमार साफी

नेपाल नेपाल नेपाल, अपन सुन्दर देश नेपाल ,अपन सुन्दर देश नेपाल छै  । भारत चिनक बिचमे , अपन सुन्दर देश नेपाल छै-२। देख मनोरम प्राकृतिके तराइ पहाड हिमाल छै। पुर्वज के ईतिहास मे शासन

पूरा पढ्नुहोस्

Bureau Menus

} }