महोत्तरीका बाढी पीडितलाई अपन मिथिला सेवा समाजको राहत

संस्थामा आवद्ध रहेका सदस्यहरु समाज विपत्तिमा परेका बेला निरन्तर अन्तर हृदयले सहयोगको लागि हात अगाडि बढाउँदै आएको छ ।

२०७६ श्रावण ३ शुक्रबार
दिउसो २:२४ बजे
बिनय यादव

न्यूज ब्यूरो, जनकपुरधाम । अविरल वर्षापछिको विनाशकारी बाढीले प्रभावित परिवारलाई समाजिक संस्था अपन मिथिला सेवा समाजद्धारा राहत वितरण गरिएको छ ।

 

रातो खोलाको बाढीले अत्ति प्रभावित महोत्तरीको बलबा नगरपालिका–१० लेउरी गाउँका पीडित परिवारलाई अपन मिथिला सेवा समाजले राहत वितरण गरेको हो । विनाशकारी बाढीले अस्तव्यस्त बनेको सो बस्तीका एकसय २५ बढी घरपरिवारलाई राहत बाँडेको छ ।

 

पानीको बहाब उच्च भएर गाउँ पसेको बाढी अन्नपात समेत बर्बाद पारेपछि राहत पर्खिरहेका उनीहरुलाई राहत स्वरुप चुरा, मुरही, दालमोठ, चाउचाउ लगायतका खाद्यान्न सामाग्री वितरण गरिएको संस्थाका मंसाराम यादवले जानकारी दिए ।

 

बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको सो बस्तीमा हालसम्म कत्तैबाट राहत नगएपछि निरन्तर समाजिक कार्यमा सक्रिय अपन मिथिला सेवा समाज राहत लिएर पुगेका हुन् । यस संस्थासँग आवद्ध खाडी मुलुकहरुमा वैदेशिक रोजगारमा रहेका युवाहरुको आर्थिक सहयोगमा उक्त सहयोग गरिएको हो । 

 

नेपालको प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा केन्द्रीय कार्यालय रहेको यस संस्थाको आधा दर्जनबढी खाडी मुलुकहरुमा शाखा सक्रिय संचालनमा छ । खाडी मुलुक मलेसिया, दुबई, कतार, साउदी र कुवेतमा रहेका संस्थाका सदस्यहरुले सहयोगार्थ पठाएको रकमबाट सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ ।

 

विगत कयौं वर्षदेखि समाजिक क्षेत्रमा सक्रिय रहेको यस संस्थामा आवद्ध रही स्वदेश तथा विदेशमा रहेका सदस्यहरु समाज विपत्तिमा परेका बेला निरन्तर अन्तर हृदयले सहयोगको लागि हात अगाडि बढाउँदै आएको छ ।

 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको दुहबी गोबराही चोकमा चार वर्षपछि लाग्यो हाटबजार, स्थानीय हर्षित

  • २०७६ श्रावण ३ शुक्रबार

न्यूज ब्यूरो, धनुषा । धनुषाको विदेह नगरपालिका वडा नम्बर २ दुहबी गोबराही चोकमा चार वर्षपछि हाटबजार सञ्चालनमा आएपछि किसानहरू हर्षित भएका छन् ।  गाउँलेहरूका बीचमा अन्तद्वन्द्व चुलिएपछि गत २०७६ सालमा यहाँको

पूरा पढ्नुहोस्

Bureau Menus