धनुषामा दुई मोटरसाईकल ठोक्किँदा एकको मग्गज फाट्यो, २ घाईते !

तीव्र गतिका कारण भयानक दुर्घटना हुन पुगेको जनाइएको छ ।

२०७६ श्रावण २ बिहीबार
दिउसो २:११ बजे
न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, धनुषा । धनुषामा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकजना गम्भीर घाईते भएका छन् भने अर्का एकजना सामान्य घाईते भएका छन् ।

 

धनुषाको हंसपुर नगरपालिकास्थित जनकपुर–यदुकुहा सहिद पथमा बिहीबार दिउँसो दुईवटा मोटरसाईकल एकापसमा ठोक्किँदा मोटरसाईकल चालक दुबैजना घाईते भएका हुन् । 

 

जनकपुरदेखि यदुकुहा तर्फ जाँदै गरेको ज. १० प. ९१५० नम्बरको पल्सर मोटरसाईकल र विपरीत दिशाबाट आउँदै गरेको ज. १० प. ३५९२ नम्बरको शाईन मोटरसाईकल एकापसमा ठोक्किँदा पल्सर गाडीका चालक गम्भीर घाईते भएका छन् । उनको मग्गजमा गम्भीर चोट लागेको छ भने अवस्था नाजुक रहेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार, उनको मग्गजै फाटेको छ भने मुखको सबै दाँत पनि भाँचिएको जनाइएको छ ।

 

शाईन गाडीका चालकको अवस्था भने सामान्य रहेको बताइएको छ । घाईते दुबैको नाम खुल्न बाँकी रहेको छ भने उनीहरु दुबैजनाको उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । 

 

तीव्र गतिका कारण भयानक दुर्घटना हुन पुगेको जनाइएको छ ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनौजी गाउँपालिकाले हटाएको स्वास्थ्य शाखा प्रमुख मण्डललाई अदालत गरे स्थापित 

  • २०७६ श्रावण २ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाबाट स्वास्थ्य शाखा प्रमुखबाट हटाईएका कर्मचारी गौरीशँकर मण्डललाई अदालत पुनः स्थापित गर्न अन्तरिम आदेश दिएको छ ।  मण्डललाई स्वास्थ्य शाखा प्रमुखबाट हटाएर उमेर साहलाई स्वास्थ्य

पूरा पढ्नुहोस्

Bureau Menus

} }