आरक्षण बचाऔं आन्दोलन : २ गतेको बन्द फिर्ता, अब तालाबन्दी र पुतला दहन !

बाढी र पहिरोले मधेशलगायत देशैभरको जनजीवन आक्रान्त बनेकोले आन्दोलन समितिले २ गतेको नेपाल बन्द फिर्ता लिएको हो ।

२०७६ श्रावण १ बुधबार
दिउसो १:२८ बजे
न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, काठमाडौं । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को अगुवाईमा जारी ‘आरक्षण बचाऔं आन्दोलन’ अन्तर्गतको २ गतेको नेपाल बन्द फिर्ता लिइएको छ ।

 

निरन्तरको अविरल वर्षापछि आएको भिषण बाढी र पहिरोले मधेशलगायत देशैभरको जनजीवन आक्रान्त बनेकोले आन्दोलन समितिले २ गतेको नेपाल बन्द फिर्ता लिएको हो ।

 

तराई मधेश राष्ट्रिय परिषद्का सदस्य कासिन्द्र यादवले दिएको जानकारी अनुसार, पूर्व घोषित २ गतेको नेपाल बन्द तत्कालका लागि फिर्ता लिएर २ गते लोकसेवा आयोगको प्रत्येक कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम तय गरिएको जनाए । आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिँदै ३ गते शुक्रबार काठमाडौंस्थित माईतीघर मण्डलामा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको पुतला दहन गर्ने कार्यक्रम तय गरिएको छ ।

 

लोकसेवा आयोगले संविधानमा नै सुरक्षित गरिएको समावेशिता विपरित विज्ञापन ल्याएको भन्दै घोषणा गरिएको आरक्षण बचाऔं आन्दोलन अन्तर्गत आन्दोलन समितिले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ ।

 

सो आन्दोलनको कार्यक्रम अन्तर्गत २९ गते मसाल जुलुस प्रदर्शन गरिएको थियो भने ३० गते सिटी जुलुसले काठमाडौं तताइएको थियो । त्यस्तै, समितिले ३१ गते काठमाडौंको माईतीघर मण्डलामा जनप्रदर्शन कार्यक्रम अन्तर्गत जनसागर ओरालेको थियो ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

नेपालमा हिन्दु एकताको जरुरी छः धीरेन्द्र शास्त्री

  • २०७६ श्रावण १ बुधबार

न्यूज ब्यूरो, धरान । चर्चित कथावाचक बागेश्वरधाम सरकार उर्फ धीरेन्द्र शास्त्रीले नेपालमा हिन्दुहरुको एकताको अति आवश्यकता रहेको बताएका छन् ।  सुनसरीको बाराह क्षेत्रमा आयोजन गरिएको महायज्ञमा प्रवचन दिन चतराधाम आईपुगेका बागेश्वरधाम

पूरा पढ्नुहोस्

Bureau Menus