• २०७६ भदौ ८ गते, आइतबार
०५:४८ pm

आर्थिक विनियोजन विधेयक सर्वसम्मतिले पारित


न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २को प्रदेश सभामा प्रस्तुत आर्थिक विनियोजन विधेयक २०७६/७७ सर्वसम्मतिले पारित भएको छ ।

 
सरकारले प्रस्तुत गरेको विधेयक उपर प्रदेश सभा सदस्यहरुले उठाउनु भएको सवालमा मुख्यमन्त्री लालबाबु राउत सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाव दिए पछि विधेयक सर्वसम्मतिले पारित भएको हो । 

 

प्रस्तुत विधेयक उपर नेपाली काँग्रेसका प्रदेश सभा सदस्य शिवचन्द्र चौधरी र नेकपामा सदस्य सिता गुरुङ्गले खर्च कटौतीको प्रस्ताव दर्ता गराए पनि सत्तापक्षको आग्रह पछि उहाँहरुले आफनो प्रस्ताव फिर्ता लिनु भएको थियो ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस