• २०७६ भदौ ८ गते, आइतबार
०६:२८ pm

राहतमा व्यस्त ईन्सपेक्टर यादवले भने,- ' चिन्ता नलिनु, म छँदैछु नी अहिले' 

आफ्ना बालबालिकालाई यहाँबाट बाहिर जान नदिएर ख्याल पनि राख्नुस् । परेको बेला म यही हुन्छु , तपाईहरु ढुक्क हुनुस् ।

 

न्यूज ब्यूरो, धनुषा । बाढी पीडितहरु विस्थापित भएपछि धनुषाधाम ईलाका प्रहरी कार्यालयका प्रहरी नीरिक्षक (ईन्स्पेक्टर) राम कुमार यादव राहत बाँडनमा व्यस्त भएका छन् ।

 

धनुषाधाम नगरपालिकाको विभिन्न वडामा बाढीबाट विस्थापित भएका घरपरिवारको लागि साहारा बनेर ईन्सपेक्टर यादव उभिएका छन् । बाढी आएलगत्तै पीडितहरुलाई सुरुदिनदेखि नै सुरक्षाको प्रत्याभूति सहित राहत समेत बाँडदै आएका छन् । मँगलबार धनुषाधाम नगरपालिका वडा नं. ५ का विस्थापित परिवारलाई चामल, च्यूरा, दालमोठ वितरण गरेका छन् ।

 

समुदायिक प्रहरी साँझेदारी कार्यक्रमलाई पनि निरन्तरता र मूर्तरुप दिँदै यादवले विस्थापित भएका परिवारलाई उक्त समाग्री वितरण गरेका छन् । समाग्री वितरण गर्दै उनले भने, - "तपाईहरु चिन्ता नलिनुस, यो दैविक प्रकोप हो, यसबाट आत्तिनुभन्दा पनि हौसला बुलन्द बनाएर सामना गर्नुपर्छ । तपाईहरु चिन्ता लिनुपर्दैन, म छँदै छु नी अहिले । तपाईरहलाई खाने, लाउने, बस्ने केहीको समस्या हुँदैन ।" 

यसका साथै विस्थापित भएका परिवारको लागि स्वास्थ्य अवस्था चेकजाँच गर्ने हेतु स्वास्थ्य शिविर समेत सँचालन गरेका थिए । धनुषाधाम प्राथमिक स्वास्थ्य केन्द्रबाट चिकित्कहरुको टोली मगाएर ईन्सपेक्टर यादवले विस्थापित उराउ समुदायका बालबालिका, बृद्ध लगायत सबै जनालाई स्वास्थ्य परीक्षण गर्दै औषधी समेत वितरण गरेका छन् । 

 

च्यूराको लागि साना किसान धनुषा गोविन्दपुरले पनि सहयोग गरेको जनाइएको छ । यसअघि पनि उनले विभिन्न ठाउँका बाढी पीडितलाई आफ्नो तर्फबाट राहत वितरण गर्दै सुरक्षाको पूर्ण प्रत्याभूति महसुस गराएका छन् । उनले भने, - "यस्तो मौसममा विषालु सर्प घरमा आउन सक्छ, होसियार भएर बस्नु, जति बेला पनि पानी आउन सक्छ त्यसैले गाईवस्तु र आफ्ना बालबालिकालाई यहाँबाट बाहिर जान नदिएर ख्याल पनि राख्नुस् । परेको बेला म यही हुन्छु , तपाईहरु ढुक्क हुनुस् ।"

 


नेपाल प्रहरी प्रहरी नीरिक्षक राम कुमार यादवको बाढी पीडितप्रतिको माया देखेर स्थानीय तथा वडाध्यक्षले स्वयं उनको कार्यलाई सराहना गरेका छन् । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस